धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
टिकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार प्रहरी चेक पोष्टबाट ४ ग्राम १७० मिलीग्राम लागुऔषधसहित बर्दगोरिया गाउँपालिका २ बौनिया जगतपुरका २५ वर्षीय रबिन्द्र टमट्टा बुधवार साँझ पक्राउ परेका हुन्।
प्रहरी चौकी कालाकुण्डाबाट खटिइएको टोलीले चेकजाँच गर्दा टमट्टाको साथमा लागुऔषध फेला परेकाले पक्राउ गरेको बताएको छ।
Facebook Comments Box