बैतडी: बैतडीमा एक किशोरी मृत फेला परेकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ बुदीलकी १९ वर्षीया चन्द्रा बिष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए शुक्रबार दिउँसो एक बजेतिर उनी झुण्डिएको बताइएको छ।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट झुण्डिनुको कारण भने खुलेको छैन् । घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box