डडेल्धुरा: डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
जिल्लाको परशुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ जर्नेमा घरधनी बोहरासँगै करनदेव ओझा, करन बोहरा, जयराज पन्त, भीमबहादुर स्नेही र शन्तोष साउँद रहेको प्रहरी निरिक्षक बीरबहादुर थापाले जानकारी दिए।
उनका अनुसार बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरिएको हो।
Facebook Comments Box