मुगु: मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका छन्। शुक्रबार राती अन्दाजी १२ तिर बजे आगलागी हुँदा ८ घर र ९ वटा पसल जलेर पुर्ण रुपले नष्ट भएका हुन्।
आगलागीबाट गमगढी बजारको पुतली शाहीको घरदेखि तार्के लामाको घरसम्म रहेका ८ वटा घर र ती घरमा रहेका ९ वटा पसल गोदाम जलेर नष्ट भएका छन्। तार्के लामा, सोनाम लामा, जङ्ग ऎडि, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदिप रावल र पुतली शाहीको घर जलेका हुन्।
गए राति साढे १ बजेबाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएका छन्।
मध्यरातमा अचानक आगो के कसरी लाग्यो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
Facebook Comments Box