धनगढी: बझाङको तल्कोट गाउँपालिका – ५ खौला बजारमा आगलागी भएको छ। आज (मंगलबार) आगलागी हुँदा २ घरमा रहेका पाँच पसल जलेका छन्।
प्रहरीका अनुसार उत्तम चदराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर लागेको आगो सल्किएपछि ५ ओटा पसलमा आगलागी भएको हो।
अहिले आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ। रबौको नोक्सानी भएको हो। आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल जलेको बताइएको छ।
आगलागीको थप विवरण भने आइसकेको छैन
Facebook Comments Box