कञ्चनपुरः कञ्चनपुरबाट धनगढीका एक किशोर लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट शून्य दशमलव शून्य ९ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय सुसिलसिंह राना पक्राउ परेका हुन्।
मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले रानालाई लागुऔषधसहित पक्राउ गरेको हो।
Facebook Comments Box