काठमाडौं : व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा भएको प्रदर्शन भएको छ ।
‘रिगल’ ले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियन्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। आन्दोलनमा एमाले निकट युवा सङ्घका कार्यकर्ताको पनि उपस्थिति रहेको थियो। उनीहरू माइतीघरबाट बानेश्वरतर्फ जिल्ला अदालत अगाडिसम्म पुगेर माइतीघर फर्किएका थिए।
खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो। रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ।
Facebook Comments Box