धनगढी: नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ।
जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ।
जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए।
सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु नआइपुगेकोले गोला तान्ने क्रममा त्यो (फाँट नम्बर २८) को सबै मुद्दा स्थगित भएको उनले जानकारी दिए।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २५ पटक पेसीमा चढिसकेको छ।
Facebook Comments Box