काठमाडौं : टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय आजैबाट कार्यान्वयन गर्ने गरी तयारी शुरू भएको छ।
टिकटकमाथि प्रतिबन्धको निर्णय भएपछि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण त्यसको तयारीमा जुटिसकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
बैठकपछि मन्त्री शर्माले नै टिकटक बन्द गर्ने निर्णयसम्बन्धी जानकारी दिएकी थिइन्।
निर्णय सकेसम्म आजैबाट कार्यान्वयनमा आउने मन्त्री शर्माले बताइन्। ‘आजैबाट बन्द गर्ने भन्ने निर्णय भएको छ। प्राविधिकरूपमा साथीहरू लागिसक्नुभएको छ,’ मन्त्री शर्माले भनिन्, ‘यसमा आईएसपीहरूको पनि सहयोग चाहिन्छ । त्यसका लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा गइसकेको छ।’
Facebook Comments Box