धनगढी : जाजरकोट भूकम्पमा परेका सदस्यलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था कालिमाटी जाजरकोट शाखाले आठ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ।
कार्तिक १७ गते गएको भूकम्पमा परी नलगाड नगरपालिका – १ देखि ७ सम्मका तथा बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका सदस्यलाई संस्थाले राहत दिएको हो।
पाली, कल्पत, डाँडागाउँ, कैना, चाउलिचौर, करुवा, कट्के, बाङ्गेडाँडा, गराक्ली, औल, भारगाउँ, थाप्ला, लह, खनटाकुरा, कालिमाटी, दल्ली, बारेकोट गाउँपालिका ८ कोल्लेनी गाउँ, सागुतारा गाउँ, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका चिसापानी, भल्म, घेत्मा, पिपलगैरा र जाजरकोटको भेरी नगरपालिका १ रिम्नाका गरी विभिन्न केन्द्रमा आवद्ध ३ सय ९८ जना पीडितलाई राहत उपलब्ध गराइएको संस्थाको अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत जयन्त भण्डारीले जानकारी दिए।
मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिँदै आएको छ।