डडेल्धुरा : डडेल्धुरामा चरेससहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-४ माथिल्लो खलंगाका ३५ वर्षीया सुरेश सिलाधर रहेका छन्।
शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा उनको शरीर खान तलासी गर्दा चरेस फेला पारेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए।
उनकाअनुसार प्लाष्टिकसहित दुईसय ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा एकसय ८० ग्राम लागु औषध फेला पार्नुका साथै उनको साथबाट भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र तीन हजार रूपैयाँ समेत बरामद गरिएको छ।
Facebook Comments Box