बझाङ : बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ। आज बिहान ९.३० बजे जयपृथ्वी नगरपालिका–३ पडेशकी ११ वर्षीया अमिसा ओखेडालाई वडा प्रहरी र स्थानीयले उद्दार गरेको हो।
पडेशबाट पुजाको लागि जल लिन आएकी अमिसा पानी भर्ने क्रममा ढुङ्गाबाट चिप्लिएर बगेकी थिइन। उनी बगेको केही तल नदीको बीचमा अड्किएको अवस्थामा स्थानीयले देखेका थिए।
उनलाई वडा प्रहरी कार्यालय चैनपुरबाट प्रहरी सहायक निरिक्षक हरिशराज पन्तको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय मानिसहरुले नदीबाट सकुसल उद्दार गरी आफन्तको जिम्मा लगाएका पठाएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box