काठमाडौं : उजुरी दर्तापछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यसँग समाजका अध्यक्ष र महासचिव

काठमाडौं, ४ मंसिर । जुत्ताको ब्राण्डमा ‘आचार्य’ लेखिएको भन्दै प्रहरीमा उजुरी परेको छ । आचार्य थरको अपमान हुने गरी जुत्तामा थर लेखिएको भन्दै आचार्य बन्धु समाजले प्रहरीमा उजुरी दिएको हो ।

समाजका अध्यक्ष बाबुराम आचार्यका अनुसार उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दर्ता भएको छ ।

ब्यूरोका एसएसपी दिनेश आचार्यले उजुरीमा तोक लगाएर आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाएका छन् ।

केही दिन अघि काठमाडौंमा बसेको आचार्य समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जुत्ताको ब्राण्ड आचार्य लेखिएमा कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box

Author

Leave A Reply

Exit mobile version