Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन्। बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन्। राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार साइकलसहित राना मृत भेटिएका छन्।   मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन्। मंगलबार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए। मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरिरको कपडा थिएन।  अहिले मृतकको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पठाइएको…

Read More

अछामः नेकपा एमाले अछामको अध्यक्षमा शिव प्रसाद उपाध्याय चयन भएका छन्। ९औं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो।  यस्तै अधिवेशनबाट तिलक कुवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव चयन भए। अन्य ३१ जना सदस्यमा चयन भएका छन्। गत शनिबार पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले ९औं अधिवेशनको उद्घाटन गरेका थिए।

Read More

डोटी: डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-२ मेलखोला स्थित भीमदत्त राजमार्गमा मंगलबार राति दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नु पूर्व नै मृत घोषणा गरेका हुन्। बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम…

Read More

काठमाडौं: नेपाल सरकारले नेपाल प्रहरीका ६ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरूको नयाँ पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयले सोमबार पदस्थापनको पत्र प्राप्त गरेको हो। नयाँ पदस्थापनअनुसार एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा खटाइएको छ भने लालमणि आचार्य कार्य विभागको जिम्मेवारीमा पुगेका छन्। त्यसैगरी, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ। यस्तै, एआईजी दान बहादुर कार्की मानव स्रोत विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान विभाग र मनोज केसीलाई प्रदेश समन्वय विभागमा जिम्मेवारी दिइएको छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममूखि काम गर्न नसके जुनसुकै बेला कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन्। ‘सशस्त्र प्रहरीको बर्दी चम्काउने की यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ त्यसैले संवेदनशिल भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजश्व संकलनका लागि २४ घण्टा सक्रिय रहनु,’ उनले भने। त्यस्तै आइजिपी अर्यालले लोभलालचमा नफसी संगठनको नीति नियम अनुसार काम गर्न पनि निर्देशन दिए। ‘देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नुभएन भने र व्यक्तिगत लोभलालचमा फस्नु भयो भने तपाईलाई कुनै शक्तिले…

Read More

धनगढी: कैलालीमा सरकारी वकिलको कार्यालयबाट फरार भएकी महिलालाई भारतबाट पक्राउ गरेको भन्दै चार जना प्रहरीलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्र बहादुर चन्दसहित चार जना प्रहरीलाई रेकर्डमा जनिनेगरि नगदसहित पुुरस्कृत गरेको जनाएको छ। पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोश महरा तथा प्रहरी जवान महेश ओझा रहेका छन्। उनीहरुलाई कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले पुरस्कृत गरेका हुन्। मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन्।…

Read More

काठमाडौं: घुससहित समातिएका एक जना प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर खड्काउपर मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।  आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले गत चैत १४ गते उनलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। खड्काले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने आश्वासनमा सेवाग्राहीसँग सो रकम बुझेका थिए।  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। मुख्यमन्त्री शाहको १० जनाको भ्रमण टोलीले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतको दिल्ली प्रस्थान गरेको हो। भारतको विदेश मन्त्रालयको औचारिक निमन्त्रणामा मुख्यमन्त्रीको पहिलोपटकभारत भ्रमण भएको हो। मुख्यमन्त्री शाहसहित उनको टोलीले बैशाख २२ गते औपचारिक भ्रमण टुंग्याएर स्थलमार्ग हुदै धनगढी फर्किन कार्यतालिका छ। भारत प्रस्थान गर्नुअघि मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुने बताए। मुख्यमन्त्री शाहको औपचारिक भेट तथा छलफल बुधबारबाट मात्रै सुरु हुने बताइएको छ। बुधबार बिहान राजघाट जाने, भारतको नयाँ संसद् भनवको अबलोनकन भ्रमण गर्ने, भारतका विदेश राज्यमन्त्री र गृह…

Read More

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालकाे तेस्रो तलाबाट हाम फालेका मृगौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहकाे मृत्यु भएकाे छ। मंगलबार दिउँसो अस्पतालकाे छतबाट हाम फालेका गाेदावरी नगरपालिका-१ का सिंहकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले सिंहकाे उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेको बताए। मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए। साेमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। उनकी श्रीमती ईश्वरीदेवी सिंह कुरूवा बसेकी थिइन्। श्रीमती निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए। प्रहरीले उनलाई छतमा चढेकाे देखेर वार्ड फर्किन आग्रह गरेकाे थियो तर हेर्दाहेर्दै उनले…

Read More

धनगढी: नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गरेको हो। सोही क्रममा सुदूरपश्चिममा कार्यरत छ जना एसपीको पनि सरुवा भएको छ। कैलाली र कञ्चनपुर जिल्लामा नयाँँ प्रहरी प्रमुख आउने भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एसपी पदमबहादुर बिष्टको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ। उनको स्थानमा बालनरसिंह राणा आउने भएका छन्। उनी नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा काभ्रेबाट कैलाली सरुवा भएका हुन्। राणा उनै मान्छे हुन्, जसलाई यसअघि सिन्धुपाल्चोकमा हुँदा हाइड्रोपावर कम्पनी र क्रसरसँग पैसा असुलेको आरोप लागेको थियो। तत्कालीन समयमा एसपी राणाले घुमुवा विनोद खड्कामार्फत असुली…

Read More