काठमाडौँ। सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । रेस्क््यूका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु थिएन।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ। दुई जना प्रहरी हबलदारसहित १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एकजना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ। हेर्नुहोस् सूचना
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्। मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था ‘नेपाल मानव अधिकार अलायन्स’ का प्रतिनिधिहरूसँगको भेटमा उनले मार्गचित्र अघि सारेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।रिजालका अनुसार ओलीले एमाले प्रतिनिधिसभा पुनः स्थापनाकै बटमलाइनमा रहेको र त्यसपछि आफूले नेतृत्व दाबी नगर्ने र जेनजी सहितको सर्वदलीय सरकारको पक्षमा आफू रहेको बताएका थिए। ओलीद्वारा प्रस्तुत ६ बुँदे मार्गचित्र यसप्रकार छन्ः १. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनः स्थापना। २. प्रतिनिधिसभाबाट तुरून्तै संविधान संशोधन गरी संसद सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था।…
मकवानपुर । जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अध्ययनका लागि मंगलबार मकवानपुर आइपुगेका अध्यक्ष कार्कीले प्रमाणका आधारमा प्रहरीले तुरुन्तै कानुनी कारबाही अघि बढाउन सक्ने स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तर्क्रियामा उनले फौजदारी अपराधका घटनामा प्रमाणका आधारमा अनुसन्धान र कारबाही गर्न पाउने अधिकार संविधान र कानुनले प्रहरीलाई दिएको बताए । सर्वोच्च अदालतका पूर्वन्यायाधीश कार्कीले २३ गतेको घटना जेनजी आन्दोलन भएको र २४ गतेको घटना पूर्ण…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् । आज (बुधबार) अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुन लागेको यो पहिलोपल्ट हो । राजनीतिक दल र जेनजी प्रतिनिधिहरू पहिलोपटक आमनेसामने हुन लागेका हुन् । प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन् । फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ ।
मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण असहज बनाइदिएको छ ।…
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै रिट दायर भएका छन् । उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो ।
काठमाडौं: करोडौं ठगी आरोपमा पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रभु रेमिटेन्समार्फत ठगी गरेको घटनामा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए। उनीविरुद्ध नेपाल राष्ट्र बैंकअनुसार समेत अनुसन्धान हुने सिआइबीले जनाएको छ। भट्टचन एमालेका पूर्वसांसद हुन् । सिआइबीले जारी गरेको बिज्ञप्तिअनुसार उनले लामो समयदेखि अनुसन्धानलाई समेत प्रभावित पार्दै आएका थिए।
हेटौँडा : मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ। मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो। करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज (पिँजरा) राखेर प्रति घनमिटर ४.५ किलोका दरले माछा उत्पादन भइरहेको इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिए। पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा रहेको सङ्घले जनाएको छ। बलामीका अनुसार तरकारीखेतीमा प्रयोग गरिने कीटनाशक र…
काठमाडौँ । मधेस प्रदेशसभा सदस्य विनादेखि शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा सोमबार साँझ आगजनी भएको हो। पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए। ‘प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी भएको सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षण बिक्रम सुवेदीको कमाण्डमा गएको टोली र स्थानीयको सहयोगमा आधा घण्टाभित्रै आगो निभाइएको छ,’ उनले भने, ‘आगजनीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।’ सूचना अधिकारी बस्नेतले आगजनीबाट कुनै मानवीय र चौपायामा क्षति नभएको जानकारी दिए।