धनगढी: अछाममा आगलागी भएको छ। जिल्लाको साँफे हाटबजारमा आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १० पसल पूर्ण रूपमा ध्वस्त हुँदा ३ करोड ८६ लाख ६५ हजार बराबरको धनमाल नोक्सान भएको छ। शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटबजारमा विद्युत् सर्ट भएर सुरु भएको आगो करिब ६ बजे निभाइएको थियो। जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर आगो थप सल्किनबाट रोकिएको थियो। मंगलसेन नगरपालिकासंग एउटा दमकल छ। भएको दमकम पनि बिग्रिएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयलको सहायतामा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। आगलागीका कारण किराना, कपडा,…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह प्रयोग विहीन बनेको छ। विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन। तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ। तर, निर्माण सम्पन्न भएको सात वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन। तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ। तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ। सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन। निर्माण सम्पन्न भएको वर्षौसम्म सभागृह…
धनगढी- गेटा अस्पतालमा चालु आर्थिक वर्षको अन्त्यतिर बजेट कार्यक्रमभन्दा बाहिर गएर स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको छ। खरिद प्रक्रिया अघि बढाउँदा स्पेसिफिकेसनमै निश्चित कम्पनी र मोडेल नम्बर उल्लेख गरी प्रतिस्पर्धा नै सीमित बनाइएको देखिन्छ। अस्पतालले अक्सिजन प्लान्टबाट अस्पतालको भवनमा अक्सिजन पुर्याउन प्रयोग गरिने पाइपलाइनको स्पेसिफिकेसनमा नै एक निश्चित कम्पनीको मोडेल नम्बर उल्लेख गरिएको छ। यस आर्थिक वर्ष २०८१/८२ मा गेटा अस्पतालले सरकारी लगानी उच्च बनाई, कम गुणस्तर भएका उपकरणहरू खरिद गर्न लागेको देखिन्छ। खरिद समितिका सदस्यहरू र अस्पताल प्रमुखबीच मिलेमतो भएको आशंका पनि उठेको छ। गेटा अस्पतालले यही वैशाख २ गते सार्वजनिक गरेको मेडिकल अक्सिजन पाइपलाइन खरिदमा “जिएसई” नामक…
काठमाडौं— गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १२ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। मन्त्रालयले बिहीबार ६ वटा प्रदेशका प्रमुखहरू हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेलाई कोसी प्रदेशको बराह बाहिनीमा पठाइएको छ। मधेस प्रदेशको छिन्नमस्ता बाहिनीको जिम्मा कृष्ण ढकालले पाएका छन् भने बागमती प्रदेशको गढिमाई बाहिनीको नेतृत्व अन्जनी पोखरेललाई दिइएको छ। यस्तै, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दीपेन्द्र साह र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दीपेन्द्र कुँवर सरुवा भएका छन्। कर्णाली प्रदेशमा कार्यरत प्रमुख विष्णु भट्ट हाल संयुक्त राष्ट्रसंघीय मिसनका लागि कंगोमा रहेका कारण उनको सरुवा गरिएको छैन। त्यस्तै, सुदूरपश्चिमको वैद्यनाथ बाहिनीको नेतृत्व प्रदीप पालले…
काठमाडौँ- नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । police_saruwaDownload
काठमाडौं – नेपाल प्रहरीका १२१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 6448_dsp_saruwa_20820110Download
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् । ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्य मन्त्री तामाङगँग रिसाएका थिए । नेपाली कांग्रेसका नेता तामाङलाई गत २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनाइएको थियो । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् र २०७८ मा रामेछाप सभापति तथा २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं- सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेका छन् । उनको स्थानमा प्रधानमन्त्री ओलीले एमाले नेता एवम् समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । उनले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतल निवासमा फोन गरेर शपथको तयारी गरिदिन भनेको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय भएको छ । उनको शपथ बिहीबार गराउने तयारी भएको बजगाईंले बताए ।
काठमाडौं – दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् । घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना खुलाइएको छैन । सुदीप आमा र बहिनीलाई लिएर पहलगाम घुम्न गएका थिए । आमा र बहिनी भने सकुशल रहेको बताइएको छ । पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ ।यस्तै १७ जना घाइते भएका छन् । त्यहाँ आतङ्कवादीले नाम सोधेर हिन्दू समुदायका पर्यटकमाथि आक्रमण गरेका थिए ।
धनगढी- कैलालीस्थित गेटा अस्पताल चालु आर्थिक वर्षको करिब दुई महिना प्रमुखविहीन रह्यो। अस्पतालमा निर्देशकका रूपमा पठाइएका डा. अशोक श्रीपालीले माघ ६ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएपछि नेतृत्वविहीन अवस्था सिर्जना भएको थियो। अस्पताल प्रमुख नियुक्तिको विषय निकै पेचिलो बन्दै गएको बेला आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा डा. प्रमोद यादवलाई अस्पतालको निर्देशकको जिम्मेवारी दिइयो। यादवले चैत्र पहिलो साता पदभार ग्रहण गरे पनि कार्यालयमा हाजिर एक सातापछि मात्रै भए। पदभार ग्रहणलगत्तै उनले अस्पतालमा संचालित सेवा सुधारको प्रतिबद्धता जनाए पनि व्यवहारमा भने खरिद प्रक्रियामा सेटीङ भएको देखिएको छ। अस्पतालले चैत्र ३१ गते एक सूचना र वैशाख २ गते दुई सूचना प्रकाशित…