काठमाडौँ । हाल देशको मौसमी प्रणालीमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार देशभर साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा सिंगापुर गएका छन्। सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर गएका हुन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरुले बताएका थिए। पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा केही दिनदेखि नै स्वास्थ्य लाभ गरिरहेका थिए। देउवा दम्पतीले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गरेनन्। वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेका थियो। तर…
काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गर्ने सरकारको रणनीति छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक सार्वजनिक संस्थानका रूपमा वर्गीकरण गरिनेछ । त्यस्ता संस्थानको खरिद प्रक्रियालाई सरलीकृत गरिनेछ । सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्न आवश्यक…
काठमाडौँ- नेपाल विद्युत प्राधिकारणले बक्यौता रकम नतिरेको भन्दै ठूलला उद्योगको लाइन काटिरहेको छ। सोमबार साँझसम्म २५ वटा उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ।लाइन नकाट्दा ती उद्योगले २५० मेगावाट बिजुली खपत गर्दै आएका थिए। सरकारले लाइन काटेसँगै उद्योगहरुले पनि कामदारलाई बिदामा राखिसकेका छन्। २५ उद्योगले दैनिक २५० मेगावाट बिजुली खपत गरेबापत सरकारलाई ६ करोड रुपैयाँ क्षति भइरहेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालले बक्यौता रकम सरकारले तोकेको समयसीमासम्म बुझाउन नआएपछि उद्योगका लाइन काटिएको जानकारी दिए।नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले अहिले प्राधिकरणले दैनिक ६ करोड आम्दानी गुमाइरहेको छ। ‘२५ उद्योगहरूको बिजुली काटिदा प्राधिकरणको दैनिक ६ करोड आम्दानी गुमेको छ। २५० मेगावाट…
काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा आज सिंगापुर जाने भएका छन् । थप उपचारका लागि उनीहरु सिंगापुर जान लागेका हुन्। राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत सिंगापुर जान लागेका हुन्। गत २४ भदौको जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथि घरमै आक्रमण भएको थियो। दुवै जना घाइते भएका थिए। त्यतीबेलाको चोट तथा पहिलेदेखिकै रोगके उपचारका लागि भनेर उनीहरु सिंगापुर जान लागेका हुन्। देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी दिइसकेका छन्। अब सक्रिय राजनीतिमा नफर्कने उनको संकेत छ।
काठमाडौं: सर्वाेच्च अदाललते अनलाइन प्रणालीमा रहेको सबै डाटा रिकभर भएको छ । यससँगै अदालतका सबै मुद्दा सुरक्षित बनेका छन् । जेनजी आन्दोलनको क्रममा मुल भवन जलाएपछि फाइलसँगै आइटी सिष्टममा पनि असर परेको थियो । आइटी टिमले सबै डाटा रिकभर गरेको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। यससँगै अब अदालतहरुलाई अनलाइन पेशी निकाल्न पनि सहज भएको छ ।भवन र सिष्टममा क्षति भएपछि सर्वाेच्चले हाल रिट र बन्दीप्रत्यक्षीकरणसम्बन्धि मुद्दा मात्र सुनुवाई गर्दै आएको छ ।
काठमाडौँ- शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज मधेश प्रदेशको भ्रमणमा जाने भएका छन्। मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। सोमबार र मंगलबार गरी उनीहरू दुई दिन मधेशमा रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उनीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन्। मन्त्रीहरू छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन्।
काठमाडौँ- पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विस्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक १० वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ। उक्त अध्ययन इसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेका हुन्। अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ। हिमनदी पग्लने दर बढ्दा अमू दरिया,…
काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ । पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चारजनाको मृत्यु भएको छ । एकजना स्पेनी नागरिकलाई उपचारका लागि…
काठमाडौँ । अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो। मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका लागि भने अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। ६ वटा गाडी राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि र ७० वटा सशस्त्र प्रहरीका लागि किन्न स्रोत सहमति दिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी गराए। जेनजी प्रदर्शनपछि बनेको वर्तमान सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोकेको छ। निर्वाचन र सुरक्षाका लागि आवश्यक…