Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सरकारले २१ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विवरण बिहीबार सार्वजनिक गरेको छ। सरुवा सूची

Read More

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विभाग अन्तर्गतको भर्ना तथा छनोट शाखाले बुधबार एक सूचना जारी गर्दै खुला प्रतियोगिता अन्तर्गत ७ जना उम्मेदवार छनोट भएको जानकारी दिएको हो । सूचना अनुसार, २०८१ साल फागुन १६ गते प्रकाशित विज्ञापनअनुसार साधारण समूह, लेखा उपसमूहतर्फ लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको हो । आई.क्यू. परीक्षा, लिखित परीक्षा, गुणात्मक परीक्षा, शैक्षिक योग्यता र अन्तर्वार्तामा प्राप्त कुल प्राप्ताङ्कको योगका आधारमा योग्यताक्रम निर्धारण गरी मुख्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको हो । छनोट हुने उम्मेदवारहरुमा सन्तोष काफ्ले, सुनिल खपाङ्गी मगर, दिलिप कुमार सुनार, दिनेश…

Read More

काठमाडौँ । नेपाल स्काउटले आफ्नो जग्गामा रहेका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्ने तयारी गरेको छ। स्वयंसेवी संस्था स्काउटले आज सूचना जारी गर्दै आफ्नो जग्गामा रहेका संरचना र त्यहाँ रहेका मालसामान सात दिनभित्र जफत गरिने भन्दै सूचना जारी गरेको हो। नेपाल स्काउटको लैनचौरस्थित केन्द्रीय कार्यालयमा रहेको कित्ता नम्बर १० को ३ रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०५६ सामा भाडामा लिएको थियो। तर, सम्झौता अवधि २०७५ सालमै समाप्त भए पनि कम्पनीले उक्त जग्गा र संरचना खाली गरेको छैन। यो कम्पनी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काको स्वामित्वमा छ। स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले राजनीतिक पहुँचको…

Read More

काठमाडौँ । भारतीय राज्यमा बिहारमा आज (नोभेम्बर ६) विधानसभा चुनाव हुँदै छ। आज पहिलो चरणको मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि चुनाव हुनेछ। यस चरणमा राजधानी पटनामा पनि मतदान हुनेछ। यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवजस्ता प्रमुख व्यक्ति प्रतिस्पर्धामा छन्। शान्तिपूर्ण मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको छ। संवेदनशील मतदान केन्द्रहरूमा विशेष सतर्कता अपनाइएको छ। दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ। नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ।

Read More

काठमाडौँ । सरकारले आज र भोलि (कात्तिक २० र २१ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते तिहार पर्व परेकाले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आज र भोलि देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको सम्मान पाउनका लागि कांग्रेसले महाधिवेशन गर्नुपर्ने बताएका छन् । आगामी चुनावमा भाग लिन जाँदा घर–घर पुगेर भोट नमाग्दा पनि भोट पाउने पार्टी बनाउन महाधिवेशन अनिवार्य रहेको बताएका छन् । थापाले महाधिवेशन र पार्टीभित्रको आन्तरिक विवादलाई जोडेर बुधबार (कात्तिक १९) सार्वजनिक गरेको भिडियो सन्देशमा कांग्रेस यसमा आबद्ध पदाधिकारी, केन्द्रीय सदस्यको मात्रै नभएर कार्यकर्तासँगै आम नागरिकको पनि भएको दाबी गरे । जेनजी आन्दोलनपछि उठेको सुधारको आवाजलाई सम्बोधन गर्न पनि कांग्रेसभित्रबाट सुधार थाल्नुपर्ने उनको भनाइ छ । “जेनजी आन्दोलनको मुख्य माग सुधार पारदर्शिता र सुशासन हो, संस्थागत सुधार र सुशासनको एउटा अंश राजनीतिक दल पनि…

Read More

काठमाडौँ। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ थान हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। धमलाले सुरुमा पेस्तोल विक्री गर्न खोजेका थिए। अपरिचित भेषमा प्रहरी भने खरिदकर्ता बनेर उनसमक्ष पुगेको थियो। ग्राहक बनेर गएको प्रहरी र धमलाबीच सुरुमा हतियार हेर्ने र त्यसपछि कतिमा किन्ने भन्ने सहमति भयो। बिक्रीका लागि हतियार देखाएका धमलालाई अनि मात्र थाहा भयो- खरिद कर्ताले नै हातमा हतकडी लगाइदिए। त्यसपछि प्रहरीले उनको कोठामा पनि खानतलासी गर्‍यो। त्यसक्रममा थप दुई वटा हतियार पनि बरामद…

Read More

काठमाडौं । इन्डोनेसिया र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ । बुधबार (कात्तिक १९) नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण फुटबलको निम्ति २७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, उक्त टोलीमा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ र लीला जोशी छन् । त्यसैगरी, हिराकुमारी भुजेल, सजनी ठोकर, समिक्षा घिमिरे, निशा ठोकर, पूजा राना, बिमला विक, प्रतिक्षा चौधरी, रेनुका नगरकोटे, पूर्णिमा राई, प्रीती राई, सरु लिम्बु, दिपा साही, सविता रानामगर, अनिता बस्नेत, मीना देउवा, सावित्रा…

Read More

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलहरूलाई विपक्षी बनाउनुपर्ने आधार कारण नभेटेको भन्दै उनीहरूलाई लिखित जवाफ पेस गर्न नपर्ने आदेश दिएको छ । बुधबार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइपछि अधिवक्ता पुण्यप्रसाद खतिवडासहितले तयार गरेको रिटमा राजनीतिक दललाई लिखित जवाफ पेस गर्न नपर्ने आदेश भएको हो । आदेशमा राष्ट्रपति कार्यालयसहितका बाँकी प्रतिवादीलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । “…यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ७ (सात) दिनभित्र प्रत्यर्थी नं. २, ३, ४, ५ र ७ का हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरूका नाममा सूचना म्याद जारी गरी लिखित…

Read More

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

Read More