कठमाडौं गृह मन्त्रालयले सात जिल्लाका सिडिओ सरुवा गरेको छ । ५८ सहसचिव र उपसचिवको सरुवा गर्दै मन्त्रालयले अध्यागमन, कारागार लगायत निकायमा कर्मचारी हेरफेर गरेको छ । दैलेखका सिडिओ रहेका बद्रीनाथ गैरेलाई गुल्मीको सिडिओ, गुल्मीमा कार्यरत आनन्द सारुलाई दैलेख, रोल्पामा कार्यरत वासुदेव दाहाललाई पाँचथर, जुम्लाका खिमबहादुर रायमाझीको गृह मन्त्रालयमा सरुवा भएको छ। रोल्पामा गंगाबहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल तथा मुस्ताङमा मोहनराज जोशीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ। दुई उपसचिवलाई विमानस्थल अध्यागमनमा पठाइएको छ। Sahasachib_UpasachibDownload
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नवनियुक्त आइजिपी दानबहादुर कार्कीलाई नेतृत्व हस्तान्तरण गरेर प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कार्कीले खापुङको बिदाई गरे। कार्यक्रममा बुझबुझारक कार्यक्रम समेत गरिएको थियो। बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको चर्चा गर्दै आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाईचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताए । संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाई राख्न…
काठमाडौं: काठमाडौं सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र तस्करी रोकेर राजश्व बढाउने उदेश्यसहित सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)हरूलाई मुख्य सीमा नाकाहरुमा खटाएको छ । सीमा नाकाहरुमा खटाईएका एसएसपीहरुले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाईमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफुले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गरी खटाइएको छ । निश्चित समयमा उनीहरुले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरुको ठाउँमा अरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई जिम्मेवारी तोकी खटाउनुकासाथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरुले समेत प्रत्यक्ष रुपमा सम्पर्क राख्ने व्यवस्थासहित उनीहरुलाई खटाइएको हो।उनीहरुले सम्बन्धित…
काठमाडौं: प्रहरी प्रधान कार्यालयले आज आइजिपी चन्द्रकुबेर खापुङको बिदाई गर्दै छ। ७० दिन प्रहरीको नेतृत्व गरेरे उनी बिदा हुन लागेका हुन्। प्रहरी प्रधान कार्यालयले उनलाई बिदाईको तयारी गरेको छ। नवनियुक्त आइजिपी दानबहादुर कार्कीलाई नेतृत्व हस्तान्तरण गरेर उनी बिदा हुन लागेका हुन्। खापुङको कार्यकाल जेनजी आन्दोलनको तनावमै बितेको छ।कार्कीले बिहीबार फुली लगाएर प्रहरीको कमाण्ड सम्हाल्नेछन्। कार्कीले साढे दुई वर्ष प्रहरीको कमाण्ड सम्हाल्नेछन्।
काठमाडौं: सहकारीको करिब र्एक अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन चलखेलका आधारमा छुटेका छन्। मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले उनलाई हाजिरी जमानीमा छाडेको हो। गत ११ कात्तिकमा सिआइबीले उनलाई पक्राउ गरेको थियो। यसमा संलग्न अन्य व्यक्तिहरुमाथि पनि अनुसन्धान अघि बढेको थियो। प्रभु बैंकमा समेत सिआइबीले छापा हानेर अनुसन्धान थालेको अवस्थामा मुख्य आरोपी भट्टचन छुटेका हुन्। बाहिर बसेर अनुसन्धानलाई हुने प्रभावित पार्न सक्ने भएकाले सिआइबीका अधिकारी रुष्ट बनेका छन्।सरकारी वकिलले चलखेल गरेर भट्टचनलाई छाडेको हो। प्रभु रेमिटको पैसा सहकारीलाई शोधभर्ना नगरी ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्। यसमा प्रभु बैंक समेत मुछिएको छ। ठगीको करिब…
काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता बताउने सुदन गुरुङले नयाँ दल खोल्ने भएका छन् । कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् । उनी पछि हट्दा प्रदेश संयोजकहरू पनि उज्यालो नेपालमा नजोडिएका हुन्। ५१ सदस्यीय उज्यालो नेपालको केन्द्रीय सदस्यको सूचीमा उनीहरू कसैको नाम छैन । यसअघि ‘द काउन्सिल अफ जेनजी’बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र…
काठमाडौं । बिहारको चुनावमा ‘विदेशी मतदाता’को ‘भुत’ले भारतीय जनता पार्टी (भाजपा)लाई सताएको छ । भाजपाले मतदाता सूचीमा ‘घुसपैठिया’को विषयमा कडा भाषा प्रयोग गरिरहेको छ । सत्तारूढ भाजपाको इच्छाअनुसार भारतको निर्वाचन आयोगले ‘मतदाता सूचीमा अवैध आप्रवासी’को चिन्ताका कारण देखाउँदै राज्यका करिब आठ करोड मतदाताको प्रमाणीकरण गर्न ‘विशेष गहन सुधार’ अभियान सम्पन्न गरेको थियो । एक महिना लगाएर आयोगका अधिकारीहरूले घर–घर पुगेर गरेको मूल्यांकन प्रक्रियाबाट नेपाल, बंगलादेश र म्यानमारका ‘धेरै मानिसहरू’ पहिचान गरिएको दाबी गरेका थिए । तर ‘अयोग्य’ घोषित मतदातामध्ये ८५ प्रतिशतभन्दा बढी बिहार–नेपाल सीमा छेउका सुपौल, किशनगञ्ज, पश्चिम चम्पारण र पूर्वी चम्पारण गरी चार जिल्लामा केन्द्रित भएको पाइएको भारतीय सञ्चारमाध्यम…
काठमाडौं । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भएको छ । मंगलबार राति सहमति भएको हो । सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने सहमति भएको छ । सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए । ०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन नभएपछि प्रभावितहरूले मेलम्चीको पानी काठमाडौं पथान्तरणमा रोक लगाएका थिए ।
काठमाडौं । मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको दर्ता गरेको रिटमा आज पेसी तोकिएको छ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभाका ७४ सांसदले मुख्यमन्त्री नियुक्ति संवैधानिक नभएको दाबीसहित रिट दायर गरेका छन् । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् । सांसदहरूको हस्ताक्षरसहित वारिस बनेर कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दर्ता गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, रिटमा आजका लागि पेसी तोकिएको छ । मधेस प्रदेश प्रमुखको कार्यालयमा एक महिनाअघि एमालेले कांग्रेस संसदीय दलका नेता यादवलाई समर्थन…
काठमाडौं: नेपाल प्रहरीका कर्मचारीलाई रासनभत्तामा भएको रासनभत्ता हटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ। नेपाल प्रहरीका कर्मचारीले सशस्त्र प्रहरीले भन्दा रासनमा कम खाद्यान्न पाउने गरेका छन्। जसलाई हटाउन गृहमन्त्री ओमप्रकाश अर्यालले नै पहल गरेपछि छलफल सुरु भएको हो। यसअनुसार प्रहरीको रासनमा केही थप हुने छ। यसका लागि थप बजेट पनि चाहिने भएकाले अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ। साथै, पाँच वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता पनि नबढेकाले बढाउन समेत पहल अघि बढेको छ।
