Author: महेन्द्रनगर पोष्ट

धनगढी : पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो। धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ। बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन। चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै…

Read More

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकाको त्रिनगर नाकास्थित भन्सार र भन्सारका हाकिम अनन्त तिमिल्सिना विवादमा तानिएका छन्। हिजो (बुधबार) नाकाबाट पास हुँदै लाखौंको फलफूल बोकेको गाडी आधा धनगढी पुगेपछि भन्सार प्रशासन र सशस्त्र प्रहरी बल नेपाल विवादमा मुछिएको हो। यस अगाडी पनि पटकपटक भन्सारमा तस्करी, सेटिङ हुने गरेको भन्दै विवाद आउने गरेको थियो। यद्यपि भन्सार छलेको भागेको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सो भारतीय गाडीलाई सशस्त्रले १५ लाख १९ हजार रुपैयाँ बिगोसहित नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएपछि सशस्त्र र भन्सार प्रशासनको कमजोरी फेरि सतहमा आएको हो। यूपी २५ एफटी ०९३८ नम्बरको भारतीय ट्रकमा भन्सार छल्दै अङ्गुर, अनार, र अम्बा धनगढी…

Read More

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कमिसन खान मात्रै त्यस्ता योजना अघि सारिने दाबी गरे। ‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई, सुन्नुहोला, शेरबहादुरजीले,’ नेपालले भने, ‘ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला। त्यो चल्छ त्यहाँ विमानस्थल? बैतडीमा चलिरहेको छ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन? के छ त्यसको हालत? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन? उदयपुरमा के आवश्यकता छ? किन बनाउनु पर्‍यो भने त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा…

Read More

काठमाडौँ: अस्ट्रेलियामा अपार्टमेन्टको सातौँ तलाबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको छ। ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको भएको समाचारमा उल्लेख छ।  दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन्। यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ। प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ।  दीक्षाले केही अघिमात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन्। प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ।

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला, खाल घर भएका २६ वर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका छन्। रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका उनी भारतको बाटो हुँदै घर फर्कने क्रममा मुरादावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए।  धामीमा मानसिक समस्या देखिएको थियो। उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो। कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाडौँको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए।  भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन्। मृतक धामीको घरमा श्रीमती र एक छोरी छन्।  

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक असई विवादमा तानिएका छन्। असई अमर भण्डारी हालै विवादमा तानिएका हुन्। उनी विवादमा तानिएपछि अस्तिमात्रै उनलाई जिम्मेवारीबाट हटाइएको कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार उजुरी तथा छानबिन शाखामा जिम्मेवारी भएका असई भण्डारीलाई अन्यत्र ड्युटीमा हालिएको हो।उनलाई विवाद आएपछि सो शाखा (फाँट)को जिम्मेवारीबाट मुक्त गरिएको हो। उनै असई भण्डारीले आफ्नो दाईको लगानी रहेको धनगढी बुद्धचोकस्थित बाडुली रोधी घर एण्ड रेस्टुरेन्ट बारलाई आफ्नो भन्दै बताउने गरेका छन्। त्यहीँ रोधिघरमा भएको एक लफडाको विषय जिल्ला प्रहरी कार्यालयमा आएकोमा उनैले छानबिन गरिरहेको विषय खुलेको थियो। त्यसपछि उनको सो प्रकरणमा स्वार्थ जोडिएको भन्दै गुनासो…

Read More

काठमाडौ: न्याय सेवा आयोगले बुधबार कर्मचारीहरूको व्यापक सरुवा र बढुवा समेत सिफारिस गरेको छ।  आयोगले सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवा तथा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।  बुधबार बसेको न्याय सेवा आयोगको बैठकले महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा गरेको छ। बेपत्ता छानबिन आयोगका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे दुई सय कर्मचारीको सरुवा गरेको हो। आयोगले न्याय सेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ। सूची हेर्न क्लिक गर्नुहोस्

Read More

काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादमा फेरि निर्णय सुनाउने दिन (निसु) सारिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले दोस्रोपटक निर्णय सुनाउने दिन पर धकेलेको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते दायर गरेको रिटमा २ वर्षदेखि निर्णय हुन सकेको छैन। यस विवादमा गत मंसिर १९ गते नै सुनुवाइ सम्पन्न सकिएको थियो। यसअघि न्यायाधीशहरू संवैधानिक इजलासकै अन्य मुद्दामा व्यस्त भएको कारण दर्शाउँदै पुस १७…

Read More

धनगढी: दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन्।  अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न १० किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन्। तीन सूत्रीय मागपत्र बोकेर राजधानी आएका उनीहरुले मकरीगाड–खण्डेश्वरी (१० किलोमिटर) सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडा र वस्तीहरुमा राष्ट्रिय विद्युत लाइन विस्तार र वडा नम्बर ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गरे। जवाफमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले…

Read More

काठमाडौं: दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण संरक्षित क्षेत्रको जग्गा प्रयोग गर्न र सो स्थानमा भएका रुखबिरुवा हटाउने सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यतायात विकास सिमितबीच सम्झौता भएको छ। कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १ मा एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न मन्त्रिपरिषदले स्वीकृति दिईसकेको छ। मन्त्रिपरिषदको गत असोज २ मा भएको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा सो जग्गामा रहेका विभिन्न प्रजातीका १७०२ वटा रुख र पोलहरू हटाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच…

Read More