Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। दीप्ती शर्मा र शफाली वर्माको बलियो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छायो। अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फम्र्याट (एकदिवसीय र ट्वान्टी–२०)मा भारतीय महिला टोलीको यो पहिलो विश्वकप उपाधि हो। भारतले यसअघि सन् २०१७ मा एकदिवसीय र २०२० मा ट्वान्टी–२० फाइनलमा पराजय बेहोरेको थियो । त्यस्तै २०१८ र २०२३ को ट्वान्टी–२० विश्वकपमा टोली सेमिफाइनलमै रोकिएको थियो। अन्ततः लामो प्रतीक्षापछि भारतले विश्वकपको सपनालाई साकार पारेको हो। नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै २९८ रनको योगफल…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन्। ३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार भइरहेको हो। यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो। सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका…

Read More

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

Read More

कैलाली । कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ । गाउँका सबैले कठरियालाई स्नेहपूर्वक ‘रामदास डाक्टर’ भनेर सम्बोधन गर्छन् । तर, उनी न त डाक्टर न वैद्य नै हुन् । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् । हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर…

Read More

काठमाडौँ । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ। यसअघि अभद्र व्यवहारको कसुरमा मात्रै म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले तेन्जिनको कोठाबाट लागुऔषध बरामद भएसँगै मुद्दा परिवर्तन गरेको हो। बिजुलीबजारको पुलमा पेस्तोलसहित देखिएको फोटो भिडिओ सार्वजनिक भएपछि उनलाई प्रहरीले असोज २६ गते पक्राउ गरेर अभद्र व्यवहारमा म्याद थप गर्दै अनुसन्धान अगाडी बढाएको थियो। पेस्तोल नक्कली भएको र फोटो भिडिओ पनि पूरानो भएको पाइएपछि प्रहरीले अभद्र व्यवहारमै म्याद लिइरहेको थियो। तर प्रहरीले अनुसन्धान गर्दै जाँदा उनका अरु कसुर फेला पारेको हो। जिल्ला प्हरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले भने, ‘सुरुमा अन्य कसुरको प्रमाण नभएकाले…

Read More

काठमाडौं: नेकपा (एमाले) ले ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो। एमालेको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णय आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा आज ९ सदस्यीय कमिटी घोषणा गरिएको हो। कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले बस्नेतको संयोजकत्वमा विनोद पाण्डे, शक्ति बडाल, मीनबहादुर शाही, पुष्प श्रेष्ठ, वचन देउजा, विनिता काफ्ले, महेश चौलागाईं, निशा लिम्बू गरी ९ जना सदस्य रहनेगरी कार्यसमिति घोषणा गरिएको बताए। उनले जिल्ला जिल्लामा फोर्स गठन…

Read More

काठमाडौं : नेपाल प्रहरीमा एसएसपीका ६ पद रिक्त भएका छन्। रिक्त पदमा नयाँ आइजिपी आएपछि मात्र बढुवाको सम्भावना छ । हालका आइजिपी चन्द्रकुबेर खापुङले १० दिनपछि अवकाश पाउँदैछन् । जसकारण बिदाको समयमा उनले बढुवा नगर्ने बुझिएको छ। ५ एसएपी डीआइजीमा बढुवा भएपछि पाँच पद रिक्त भएका थिए। त्यस्तै, एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि एक पद रिक्त हुने भएको हो । आइजिपीको अवकाशपछि एआइजी, डिआइजी बढुवा हुने भएकाले थप एक पद रिक्त हुनेछ । त्यो अवस्थामा एसएसपीका सात पद रिक्त हुनेछन्। जसकारण पनि नयाँ आइजिपी आएपछि बढुवा हुने सम्भावना छ।रिक्त पदमा बढुवाका लागि १७ एसएसपीबिच प्रतिस्पर्धा छ । सबैभन्दा सिनियर विमल…

Read More

काठमाडौं: ११ देशका नेपाली राजदूतहरुको जिम्मेवारी थमौती भएको छ । सर्वाेच्च अदालतले उनीहरुलाई नहटाउन आइतबार अन्तरिम आदेश दिएको हो। सर्वाेच्चका न्यायाधीशद्वय शारङदा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिएको थियो। न्यायाधीशलाई फिर्ता बोलाउने निर्णयविरुद्ध परेका तीन वटा रिटमा यस्तो आदेश भएको हो । ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ताको निर्णय गरेको थियो । उनीहरूलाई २० कात्तिकसम्म स्वदेश फिर्ता हुन निर्देशन दिइएको थियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले १४ साउन ०८१ मा सिफारिस गरेका १० जना र त्यसअघिको सरकारले सिफारिस गरेका एकजना गरी ११ जना राजदूत फिर्ता गरिएकोमा अदाललते थमौती गरेको हो । थमौती हुने राजदूतहरूमा नरेशविक्रम…

Read More

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्। एन्फाको आकस्मिक कार्यसमितिको भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई अर्को साधारणसभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । एन्फा विधानको धारा ३२ (२) र (६) अनुसार शुक्रबार आयोजित उक्त आकस्मिक भिडियो कन्फरेन्स बैठकमा वरिष्ठ उपाध्यक्ष खड्काविरुद्ध अनुशासनात्मक कारबाही गर्ने विषय छलफलको मुख्य अजेन्डा थियो। यसअनुसार एन्फा विधानको धारा ३८ (१६) अन्तर्गत आवश्यक कारबाहीको निर्णय लिइएको जानकारी दिइएको छ।

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कमिटी बैठक माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै सकिएको हो । बुधबार सुरु भएर शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाएका छन् । उनको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको छ । तर, झलनाथ खनाल, घनश्याम भुषाल, रामकुमारी झाँक्री लगायत नेताले भने एकतामा नजाने मत राखेका थिए।

Read More