Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने र खरिदबिक्रि गर्ने पाँच जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भुले पेस्तोल लुट्ने दुई जना त्यसको खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ गरेको हो । आन्दोलनमा स्वयम्भु वृत्तबाट पेस्तोल लुट्ने धादिङ धुनिबेशी घर भएका २१ वर्षिय कृष्ण गुरुङ र काठमाडौं–१५ का राजन देउला छन्। उनीहरुले ६० हजारमा सो पेस्तोल भगवानपाउँ बस्ने सुमन शाक्यलाई बिक्रि गरेका थिए। शाक्यले पनि प्रभात मल्ललाई बिक्रि गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। भारतीय नागरिक अकबर खानको सहयोगमा सो पेस्तोल शाक्यले र बानेश्वरका प्रभात मल्ललाई बिक्रि गरेका थिए । मल्लको साथबाट पेस्तोल बरामद भएको हो । १५ वटा गोलीसहितको पेस्तोल बरामद…

Read More

धनगढी: पार्टीमा धनवाद र अवसरवाद हावी भएको भन्दै सुदुरपश्चिम एमालेका नेताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गोकर्ण भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भट्ट एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका नेकपा (एमाले) केन्द्रीय सचिव लेखराज भट्टका भाइ हुन् । पार्टीको आन्तरिक गुटबन्दी, अवसरवाद र नेतृत्वको चरम असफलतातर्फ अघि बढेको भन्दै उनले आफू स्वतन्त्र नागरिकको रूपमा समाजसेवामा समर्पित हुने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्–‘आजका दिनदेखि म स्वतन्त्र नागरिकको हैसियतले समाज र नागरिकको सेवामा समर्पित हुने निर्णय गरेको छु । पार्टीभित्र इमानदार कार्यकर्ताको मूल्यांकन नभई गुटबन्दी, धनवाद र अवसरवाद…

Read More

काठमाडौँ : स्थानीय तहमा खटाइएका अधिकांश प्रमुख प्रशासकीय अधिकृत कामकाजका लागि हाजिर हुन गएका छैनन् । खटाइएका कर्मचारी दुई महिनासम्म नजाँदा स्थानीय तहका नियमित सेवा प्रवाह र विकास निर्माण प्रभावित भएका छन् । सामान्य प्रशासन मन्त्रालयले गत भदौ ३१ र असोज २१ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका कर्मचारीलाई रमाना दिन सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो । निजामती सेवा नियमावलीले कर्मचारीलाई सरुवा गरिएको २१ दिनभित्र सम्बन्धित कार्यालयबाट रमाना लिई खटाइएका कार्यालयमा हाजिर हुन जानुपर्ने व्यवस्था गरेको छ । तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गत भदौ १३ गते नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत अन्त्य भएको घोषणा गर्दै भदौमा मात्रै १३९…

Read More

काठमाडौँ- भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ। विभागले एक सूचनामार्फत रु तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ। अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। विभागको सूचनाअनुसार एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले रु पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले रु १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ। सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो। राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो।

Read More

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। कार्कीले डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने, ‘कार्कीले डुंगेश्वर गाउँपालिका वडा नं १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएका थिए।’ कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९…

Read More

ललितपुर- नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैको एक क्याफेबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीले बिहीबार ललितपुर महानगरपालिका-१७ स्थित बिएन्डबी अस्पताल ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एन्ड क्याफेबाट अवैध रूपमा लुकाइछिपाई राखेको चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको बताए। ‘नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरूको सूचीमा रहेको चितुवाको छाला अवैध रूपमा लुकाइछिपाई कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्यो, त्यहाँ भेटिएका शंकास्पद व्यक्तिहरू जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–५ का वर्ष ४६ की…

Read More

काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै…

Read More

काठमाडौँ । जेनजी आन्दोलनमा खुब चर्चामा आएका धादिङका यमबहादुर कंडेल कारागार चलान भएका छन्। जिल्ला अदालत धादिङले उनलाई आमाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेषराज रिजालले बताए। भदौ २३ गते नयाँ बानेश्वरमा आन्दोलनका क्रममा सुरक्षाकर्मीसँग जंगिँदै कंडेलले विवाद गरेको भिडिओ भाइरल भएको थियो। हातमा हेलमेट बोकेका कँडेलले प्रहरीलाई ‘सक्नुहुन्छ भने गोली हान्नु न सर, म डराएको छु? हेर्नु त मेरो आँखामा डर छ ?’ भन्दै विवाद गरेका थिए। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का २७ वर्षीय कँडेल असोज १२ गते घर फर्किएपछि आमाबुबासँग विवाद भएको थियो। असोज १९ गते राति…

Read More

काठमाडौं जेनजी आन्दोलनका मौकामा अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा आगजनी र लुटपाट गर्ने पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–८, गणेश मन्दिरस्थित अवकाशप्राप्त प्रहरी उपरीक्षक कमलेन्द्र कर्णको घरमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न दोलखा जिल्लाको तामाकोशी गाउँपालिका– ३, जामुने घर भई कागेश्वरी मनोहरा नगरपालिका थापाचोक बस्ने वर्ष ३४ को रन्जेन्द्र महतलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।प्रहरी निरीक्षक भूपाल राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गोठाटारबाट उनलाई पक्राउ गरेको हो। आन्दोलनको समयमा कर्णको घरमा स्थानीयले आगजनी समेत गरेका थिए।

Read More

काठमाडौं: मेयर बालेन शाहले दबाब दिएपनि गृहमन्त्री ओमप्रकाश अर्याल नहट्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लागिएको प्रचार भएको भन्दै त्यसको खण्डन गरेको छ । कसैको दबाबमा प्रधानमन्त्रीले मन्त्री नहाटाउने भन्दै अफवाह नफैलाउन सचिवालयले आग्रह गरेको छ। प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’

Read More