Author: महेन्द्रनगर पोष्ट

बैतडी- जिल्ला समन्वय समिति बैतडीको मंगलबार सम्पन्न निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखकै भोट बदर भएका छन् । समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने प्रावधान रही आएको छ । सोही क्रममा मंगलबार सम्पन्न भएको निर्वाचनमा उपप्रमुख पदमा २ भोट, दलित महिला सदस्यमा २ भोट र खुला सदस्यमा तीन भोट बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समितिको निर्वाचनमा बैतडीमा सात भोट बदर भएका छन् ।

Read More

बैतडी- बैतडीमा मोबाइल नेटवर्क तथा ईन्टरनेट सेवा अबरुद्ध भएको छ । मगंलबार दिउँसो १ बजेबाट बैतडी सदरमुकाममा मोबाइल नेटवर्क अवरुद्ध भएको हो । नेटवर्कले काम गर्न छोड्दा सूचना आदान प्रदान गर्न तथा टाढा रहेका आफन्त तथा महत्वपूर्ण कुराकानी हुन सकेको छैन । ईन्टरनेटको माध्यमबाट हुने सबै कार्यालयका कामकाजहरु प्रभावित भएका छन् ।

Read More

काठमाडौं- नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा…

Read More

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलई निलम्बन गर्न सरकारलाई पत्र लेखेको छ । आयोगले भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको हो। अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ। अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो। यस्तै मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरीलाई पनि मुद्दा टुंगो नलागेसम्म निलम्बनमा परेका छन्। अघिल्लो पटक पनि वडाध्यक्ष…

Read More

कैलाली- कैलालीको एक आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको छ। बुधबार बिहान साढे तीन बजेको समयमा गोदावरी नगरपालिका–२ सीएमए गल्ली भित्र पदमबहादुर बोहराले सञ्चालन गरेको गोदावरी आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको हो। विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट १ थान डी फ्रिज जलेर नष्ट भएको र अन्य क्षति भने नभएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी विहान पौने ४ बजेको समयमा भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको उनले बताए।

Read More

आज – २५ जेठ २०७९ बुधवार । यस्तो छ आजको राशिफल :मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ । कर्कट(हि, हु,…

Read More

कैलाली- नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ९ ओटा कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने भएको छ। लिखित तथा मौखिक जानकारी गराउँदा पनि निर्माणकर्ताले निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै कारण भएमा एक साता भित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता आफै कार्यालयमाउपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ। बाजुरा तथा बझाङ जिल्लामा ११.०.४–०.२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्र÷उदयदेव, लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा. लि, जे.भी सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा…

Read More

अछाम- अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिन वितिसक्दा पनि उठ्न सकेको छैन। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्। आफन्तले नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको आरोप लागाएका छन्। किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ। जेठ १७ गते साँझ नेपाली…

Read More

काठमाडौं- आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना सकिएको छ। मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो। जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो। नेपालले बिहीबार अन्तिम खेल आयोजक मलेसियासँग खेल्नेछ।

Read More

कैलाली- नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जितबहादूर मल्ल चयन भएका छन्। मंगलवार भएको प्रदेशको प्रथम अधिवेशनबाट मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। जिफन्टको प्रदेश सचिवमा चन्द्र प्रकाश गैरे, उप सचिवमा सोभा रावल निर्बिरोध चयन भएका छन्। यस्तै सदस्यमा कृष्णप्रसाद ढुंगेल, चन्द्रा खड्का, कर्णबहादुर हमाल, दानबहादुर बिष्ट, अर्जुन न्यौपाने, भोजबहादुर ऐर, चित्रा ओझा, गीता सिहं, विष्णुमाया अर्याल, कमला देवकोटा, दानबहादुर चन्द, कृतिबहादुर शाही, माधवी शाही र हिरादेवी बिष्ट चयन भएका छन्।

Read More