कैलालीः भारतको बेंगलुरुमा चोरी गरेर भागेका दुई जना कैलालीमा पक्राउ परेका छन्। बैंगलुरुस्थित एस. रमेश बाबुको घरमा चोरी गर्नेहरु कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्टलाई कैलाली प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट चोरीका सुनका गहना समेत बरामद भएको छ। २०२५ मे २८ मा बेंगलुरुस्थित रमेश बाबुको घरमा काम गर्दै आएका नेपाली कामदार उदय बिष्टले साथीसहित चोरी गरेका थिए। भारतीय प्रहरीको सूचनामा आधारित रही कैलाली प्रहरीले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको हो । एसपी बालनरसिंह राणाका अनुसार अनुसन्धानका क्रममा ती दुबैले आफ्नो हिस्साको गरगहना कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको पत्ता…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौः लामो समयपछि सशस्त्र प्रहरी बलमा बढुवाको जाम खुलेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले रिक्त रहेको डिआइजी पदबाट बढुवाको प्रक्रिया अघि बढाएको छ । रिक्त रहेका डिआइजी र एसएसपीका पदमा बढुवाका लागि सूचना प्रकाशित गरेको छ। सशस्त्र प्रहरीमा डिआइजीका एक तथा एसएसपीका ६ पदमा रिक्त छन्। डिआइजीको एक पदमा बढुवाका लागि कृष्णराज पाठक तथा सिंस १ का मनिष थापा मुख्य दाबेदार छन्। त्यस्तै, सिंस २ का अधिकृतहरु पनि दौडधुपमा लागेका छन् । सशस्त्र प्रहरीले एसएसपीहरुलाई पाँच दिनभित्र शैक्षिक प्रमाणपत्रसहित फारम भर्न भनेको छ ।
काठमाडौंः नेपाली कांग्रेसले केही चर्चित र प्रभावशालीसहित डेढ दर्जन नेतामाथि निष्काशन तथा निलम्बन गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध अन्तर्घात गरेको आरोपमा कारबाही गरेको हो । अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाद्वारा जारी बिज्ञप्तिमा पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ/भिडिओ लगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको उल्लेख छ । निष्काशित हुनेमा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई समेत छन् । त्यस्तै, तेह्रथुम…
काठमाडौं: दुई ठूला छिमेकीको बिचमा रहेको नेपालमा ती देशका नागरिकको आर्थिक अपराध पनि बढेको छ। संयोग कस्तो भने एकै दिन प्रहरीले भारतीय र चिनियाँलाई ठूला किसिमका आर्थिक अपराधको अभियोगमा सोमबार काठमाडौंबाट पक्राउ गरेको छ । डेढ अर्ब रुपैयाँबराबरको हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिक सोमबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेशकुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारन बिजबानी घर भएका २२ वर्षीय विपिन कुमार छन् । सानेपा कालोपुलमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको…
काठमाडौं: पेशेवर शैलीका लागुऔषध कारोबारीविरुद्ध प्रहरीले आक्रामक रणनीति लिएको छ। मुख्य कारोबारीहरुमाथि गोली नै प्रहार गरेर नियन्त्रण लिने रणनीति प्रहरीले अपनाएको छ। जसक्रममा बुधबार बिहान झापामा प्रहरीले दुई व्यक्तिलाई गोली हानेर नियन्त्रणमा लिएको छ। भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई गोली हानेर पक्राउ गरेको हो । उनीहरुबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण…
काठमाडौं: मंगलबार बिहान रसुवागढीमा आएको बाढीले बगाएमध्ये नौ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका एक असईसहित नौ जनाको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार अझै १९ जना सम्पर्कविहिन छन्। ५७ जनाको उद्धार भएको छ ।उद्धारका लागि ३८३ प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पानी नपरेको अवस्थामा एक्कासी बाढी आउँदा ठूलो क्षति भएको हो । चीनको तिब्बत क्षेत्रमा पनि ठूलो पानी परेको छैन । जसकारण हिमताल फुटेर सो बाढी आएको आकलन गरिएको छ । बाढी प्रभावित क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अवलोकन भएको छ । मंगलबार बेलुका बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले उद्धार र…
रसुवाः मंगलबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा १७ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी समेत छन्। डीएसपी हेम बहादुर शाहीले दिएको जानकारीअनुसार तीनजना प्रहरी समेत बेपत्ता भएका छन् । अरु १४ जना सर्वसाधरण बेपत्ता भएको खबर आएको उनले बताए। त्यसमा केही चिनियाँ समेत छन्। तीन जना प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनिया मजदुर र २ जना नेपाली चालक बगाएका हो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ भने त्यहाँ रहेको ड्राइपोर्टमा राखिएका सयौँ गाडी पनि बगाएको छ। स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ। बेपत्ताहरुको उद्धारको प्रयास भइरहेको रसुवाका सिडिओ…
काठमाडौंः शक्तिकेन्द्रको चलखेलका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदमा बढुवा रोकिएको छ । सशस्त्र प्रहरीमा महिनौंदेखि डिआइजीसहितका पद रिक्त छन् भने नेपाल प्रहरीमा एसएसपीका पद रिक्त भएको डेढ महिना भइसकेको छ। दुवै निकायको बढुवामा अत्याधिक चलखेल र शक्तिकेन्द्रको सिफारिसका कारण गृहमन्त्री र आइजिपीले निर्णय गर्न नसकेका हुन्। यो आर्थिक वर्षभित्र बढुवा नगरे फेरि तीन महिना कुर्नुपर्ने भएकाले बढुवाका आकांक्षी प्रहरी अधिकारीहरु तनावमा छन्। नेपाल प्रहरीमा एसएसपीको ११ पद रिक्त भएको दुई महिना हुन लागिसकेको छ। एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक र मानव स्रोत विकास विभागका एआइजी सदस्य हुने प्रावधान छ। गृहमन्त्री रमेश लेखकले आफू निकटस्थ जुनियर…
काठमाडौंः प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तिक्ततापूर्ण सम्बन्ध रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वराष्ट्रपति बिद्यादेवि भण्डारीसँग भेटेर राजनीतिक छलफल गरेकी छिन्। हालै राजनीतिमा पुनरागमन गरेकी भण्डारीको यो भेटले एमालेमा तरंग मच्चिएको छ । बालेनको सचिवालयका अनुसार पूर्वराष्ट्रपति भण्डारीले नै बालेनलाई भेट्न बोलाएकी हुन्। भेटमा महानगरपालिकाका समस्यादेखि राजनीतिका विषयमा छलफल भएको छ। मेयर बालेनका स्वकीय सचिव भुपदेव शाका अनुसार भेटमा महानगरपालिकालाई केन्द्र सरकारबाट भइरहेको असहयोग तथा बजेट ल्याउन नसकेका समस्याबारे पूर्वराष्ट्रपतिलाई जानकारी गराइएको थियो। साथै, भेटमा पूर्वराष्ट्रपति भण्डारीले बालेनलाई सक्रिय राजनीतिमा आउन समेत आग्रह गरेकी थिइन्, जसमा बालेनले तत्काल राजनीतिमा नआउने बताएका छन्। बालेन केपी ओलीका आलोचक हुन्।…
काठमाडौं: नेपालको कालापानी क्षेत्रसँग जोडिएको गुंजी गाउँको ग्राम प्रधानमा पूर्वआइपिएस अफिसर बिमला गुंज्याल निर्वाचित भएकी छिन्। चीनसँगको समेत सीमा जोडिएको यो संवेदनशील क्षेत्रमा पूर्वआइपिएस अफिसरलाई रणनीतिक रुपमा निर्विरोध गरिएको बताइएको छ। ग्राम प्रधानका लागि चार जनाले मनोनयन दिएकोमा बिमला पछि निर्वारोध निर्वाचित भएकी हुन्। जहाँ स्थानीयले उनको भव्य स्वागत गरेका छन्। पूर्वआइपिएस अफिसर आफ्नो गाउँको ग्राम प्रधान बन्नु ठूलो उपलब्धि भएको स्थानीयले बताएका छन्। सो क्षेत्रका बिधायक हरिश धामीले पनि बिमलालाई बधाई दिएका छन्। एक प्रतिष्ठित आइपिएस अफिसर सो गाउँको ग्राम प्रधान हुनु निकै उत्साहजनक विषय भएको उनको टिप्पणी छ।आइजिपी पदबाट अवकाश पाएकी उनलाई सामरिक सुरक्षाको दृष्टिकोणले समेत सो क्षेत्रको…