धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको श्रीएयरलान्सको जहाज पुनः काठमाडौँमै आकस्मिक अवतरण गरिएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको आधा घण्टामै जहाज काठमाडौँ फर्काएर अवरण गराइएको हो।
धनगढी विमानस्थल कार्यालयकाअनुसार आकाशमा ठूलो हावाहुरी चलेका कारण जहाजलाई काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरिएको हो।
यसअघि हावाहुरीकै कारण आज बिहान बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
Facebook Comments Box