कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वन्क चौकमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प।प्र।०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले पैदल हिँडिरहेका ५० वर्षीय महेन्द्र बिष्टलाई ठक्कर दिएको थियो। बिष्ट सोही ठाउँका स्थानीय बासिन्दा थिए।
घटनापछि गम्भीर घाइते भएका बिष्टलाई उपचारका लागि तत्काल निसर्ग अस्पताल, धनगढी पुर्याइएको थियो। तर, उपचारको क्रममा उक्त दिनै साँझ ७:३० बजे ९१९स्३०० उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनासँग सम्बन्धित बोलेरो जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको परिचय बझाङ जिल्ला, छबिसपाथिभेरा गाउँपालिका–२ मोतै निवासी २१ वर्षीय रवि रोकाया खुलेको छ। हाल उनलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।