काठमाडौं: नेपाली सेनाले रिक्त रहेका विभिन्न ट्रेडका फलोअर्स पदमा भर्ना खुलाएको छ।
सेनाको भर्ना छनौट निर्देशनालयले आज सूचना जारी गर्दै १६६ जना जनशक्ति आवश्यक रहेको जनाएको छ। फलोअर्सअन्तर्गत सूचिकार, सफाईकर्मी, केशकतर्क, लोहाकारलगायत पदमा भर्ना खुलाइएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी जेठ ३१ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म फाराम बुझाउन पाइने सूचनामा उल्लेख छ। ट्रेड फलोअर्सका लागि साधारण लेखपढ गर्नसक्ने भएपुग्छ।
Facebook Comments Box