Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुन नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बलात्कारलगायत जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहँदा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिरहेको पनि बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि कानुनी शासन र लोकतन्त्रको सुदृढीकरणमा जोड…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण १२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ । विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७।२ प्रतिशत छ । नेपालमा प्रति…

Read More

चितवन – चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेणु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको जनाइएको छ । रेणुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

Read More

काठमाडौं – किमाथाङ्का– सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको यार्सागुम्बा संकलन जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जका कार्यालयप्रमुख रामदेव चौधरीले जनाएका छन् । कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ । अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा संकलन गर्न पाउने छन् । यार्सागुम्बा संकलन गर्न निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्लाभित्रकालाई…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादित शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए।

Read More

दार्चुला – दार्चुलामा पहिलो पटक बृहत् साहित्य महोत्सव सुरु भएको छ । ताराकिशन फाण्डेशनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा पहिलो पटक बृहत् साहित्य महोत्सव सुरु भएको हो । दुई दिनसम्म चल्ने साहित्य महोत्सवमा देशभरका साहित्यकारहरु सदरमुकाम खलंगा पुगेका छन् । साहित्य महोत्सवको महाकाली नगरप्रमुख नरसिह चैसिरले उद्घाटन गर्नुभएको छ । दार्चुलाको संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि पहिलो पटक बृहत् साहित्य महोत्सवको सुरुवात गरिएको हो । साहित्य महोत्सवमा बोल्दै नगरप्रमुख चैसिरले दार्चुलाको साहित्य र संस्कृतिको चिनाउन नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहित्य महोत्सवमा बोल्दै सुदूरपश्चिम विश्व विद्यालयका पूर्ण उपकुलपति अम्मराज जोशीले सुदूरपश्चिमको संस्कृति पहिचान गराउन आफुहरुले…

Read More

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए । नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । सांसदहरु डा. बेदुराम भुसाल, शेखरकुमार सिंह, डा. विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपानेले स्पष्टीकरण माग गरेका थिए । स्पष्टीकरण मागपछि जवाफ दिने क्रममा कानूनमन्त्री कोइरालाले सबै…

Read More

महेन्द्रनगर – कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छ्रैन । नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित हुन पुगेको हो । बाउन्न किमी लामो प्रसारण लाइनको अधिकांश भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्ने हुन्छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी निर्णय नहुँदा निर्धारित समयमै आयोजना नबन्ने देखिएको बताउनुभयो । “वनजङ्गल…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण आगामी सोमबार हुने भएको छ । भोलि (शनिबार) र पर्सी (आइतबार) सार्वजनिक बिदा भएकाले बालेन साहले मेयरको कुर्सीमा बस्न थप तीन दिन प्रतीक्षा गर्नुपर्ने भएको हो । काठमाडौँको मतगणना हिजो राति सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्‍यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाई दियो । त्यसपछि बालेनको विजयोत्सव चलिरहेको छ । उपमेयरमा निर्वाचित सुनिता डङ्गोलको पनि आज संक्षिप्त र्‍याली थियो । भोलि उनीसहित काठमाडौँमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी छ । सोमबार महानगरपालिकामा शपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डङ्गोलले औपचारिकरुपमा पदभार ग्रहण गर्ने…

Read More

धनगढी – असारे विकासको परम्परामा ब्रेक लगाउँदै यस वर्ष समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार सो प्रतिबद्धता कार्यान्वयन गर्न यस वर्ष पनि चुकेको छ । प्रदेश सरकारले असारे विकास पद्धतिलाई निरन्तरता दिने गरी १० महिना बराबरको पुँजीगत बजेट खर्च असारमै गर्ने तयारी गरेको छ । जेठसम्म आइपुग्दा ३० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा झन्डै ४० प्रतिशत खर्च गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा ७० प्रतिशतको हाराहारीमा पुँजीगत खर्च हुने अनुमान गरेको प्रदेश सरकारले वैशाखसम्म जम्मा ३० दशमलव ४ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । यदि प्रदेश सरकार आफ्नो लक्ष्यमा पुग्ने हो भने अबको एक महिनामा ३९ दशमलव ६…

Read More