Author: महेन्द्रनगर पोष्ट

कोलम्बो- श्रीलंकामा हिंसात्मक झडप भएका छन् । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका हुन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसद अमरकिर्थी अथुकोरालाकोसमेत मृत्यु भएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ ।मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

बाँके- बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । सोमबार राप्तीसोनारी गाउँपालिका–८ गल्ली कुटानमा भे १० प २७८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र २५ वर्षीय किशोर बसौली छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Read More

काठमाडौं- आसन्न वैशाख ३० गतेदेखि हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज (मंगलबार) मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि आयोगले मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । साथै उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । दूरसञ्चार प्राधिकरणलाई नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल निर्देशन दिएको छ । –मौन अवधिमा के गर्न पाइँदैन ?मौन…

Read More

बैतडी- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बैतडीमा साढे २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ । बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन्…

Read More

कोलम्बो- श्रीलङ्कामा हिंसात्मक आन्दोलन चर्किएको छ । हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।श्रीलङ्कामा हिंसात्मक आन्दोलनमा सांसदसहित दुई जनाको मृत्युश्रीलङ्कामा हिंसात्मक आन्दोलन चर्किएको छ । हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसदले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान…

Read More

डोटी- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै डोटीमा मंगलबारदेखि मदिरा निषेध गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा आइतबार बसेको बैठकले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्वाचनको परिणाम घोषणा नभएसम्म सक्रिय रहनेछ । वैशाख २७ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । स्थानीय तह निर्वाचन २०७९ स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मदिराजन्य पदार्थको बिक्री बितरण र सेवनबाट पर्न सक्ने असरलाई मध्यनजर गरि उक्त आदेश जारी गरिएको विज्ञप्तिमा…

Read More

बाजुरा- आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बाजुरामा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा सोमबार बसेको सर्वदलीय बैठकमा सहभागि भएका राजनीतिक दलका प्रमुख नेताहरुले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्ने निणर्य गरेका हुन् । साथै मंगलबार (२७ गते) राति १२ बजेदेखि शुरु हुने मौन अवधिलाई पूर्ण तया परिपालना गर्ने, मतदानका दिन मतदातालाई स्वस्फूर्त रुपमा मतदान स्थलमा आउजाउमा सहयोग गर्ने र कुनैपनि किसिमको अवरोध सिर्जना नगर्ने, मतदानका लागि खटिने पार्टी प्रतिनिधिको नाम नामेसी सम्वन्धित मुख्य निर्वाचन र निर्वाचन कार्यालयमा यथाशीर्घ उपलव्ध गराउने सर्वदलीय बैठकले निणर्य गरेको छ । त्यस्तै निर्वाचनका क्रममा…

Read More

डडेल्धुरा- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेर निस्कासनमा परेका नेता कर्ण मल्लमाथि खनिएका छन् । सोमबार गृहपालिकाको गन्यापधुरा–२ बडालमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मल्लप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले मल्ल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोपसमेत लगाए । ‘मल्ललाई आफूपछि नेता बनाउँला सोचेको थिएँ,’ उनले भने, ‘अहिले सोही व्यक्ति ओलीको चाकरीमा लागेको छ ।’ उनले मल्लको क्रियाकलापले आफूलाई लाज लागेको टिप्पणी गरे । नेपाली कांग्रेसले मल्ललाई पार्टीको विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो । डडेल्धुरामा मल्ल समूह नेपाली कांग्रेस बिपीमा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेको…

Read More

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच मेलमिलापका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Read More