Author: महेन्द्रनगर पोष्ट

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलका भ्रातृ संगठनले सामाजिक सञ्जालमा आचारसंहिताविपरीत मिथ्या र भ्रामक सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिजस्ता सामग्रीलाई राख्ने कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री राख्ने काम भइरहेको भन्दै आयोगले यस्तो चेतावनी दिएको छ । त्यस्ता सामग्री राखिएको पाइएमा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुनअनुसार कारबाही हुने आयोगले स्पष्ट पारेको छ । आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले टीकाटिप्पणी गर्न वा गराउन नहुने जनाएको छ । कुनै प्रयोजनका लागि प्रकाशन तथा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्य तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर वा कमेन्ट…

Read More

पाल्पा- स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानका क्रममा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका–१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार रहेका छन् । चुनाव प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । कांग्रेस रामपुरले विज्ञप्ति निकालेर गठबन्धनका चुनाव प्रचारका क्रममा युवालाई एमाले कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेको आरोप लगाएको छ । एमाले कार्यकर्ताहरु गठबन्धन भएको स्थानमा पुगेर कुटपिट गरेको आरोप छ । झडपको क्रममा प्रचारप्रसारमा प्रयोग गरिएको स्कर्पियो, बस र मोटरसाइकलमा…

Read More

काठमाडौँ- रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमणबाट नेपाली कांग्रेसका आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवारसहित चार जनामाथि आक्रमण गरेका छन् । आक्रमणबाट कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका छन् । घाइतेहरूको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । वाइसिएलका कार्यकर्ताहरूको समूहले कांग्रेस उम्मेदवार र कार्यकर्तामाथि एकाएक आक्रमण गरेको आरोप छ ।

Read More

ताप्लेजुङ– स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली काँग्रेसबाट तीन जना उम्मेदवार, कम्युनिष्ट पार्टी एमालेबाट एक जना र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभावले मौसम बदली भइरहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं- नेपाल जिम्बाब्वे ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य जिम्बाब्वेले चार विकेट गुमाएर १८ ओभर ५ बलमा भेटायो । जिम्बाब्वेका लागि तादिवान्से मरूमनीले ५६, टोनी मुनयोङ्गाले ५० र इनोसेन्ट कायाले ४७ रन बनाए । बलिङतर्फ नेपालका बसिर अहमदले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायो । नेपालका लागि मोहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, रोहित पौडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट…

Read More

कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका– ३ मा स्थित वेदकोट ताल नजिकै पुरुष मृत भेटिएका हुन् । पहिचान नखुलेका अन्दाजी ४०–५० वर्षका पुरुषको शरीरमा चोटपटक लागेको कञ्चनपुर प्रहरीले जनाएको छ । साथै उनीसंगै तोडफोड गरिएको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ । घटनाको प्रकृति हेरेर हत्या भएको अनुमान प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More

कैलाली आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी तिखो प्रश्न गर्न थालेका छन्। शनिबार धनगढी उपमहानगरपालिका—१३ मा पुगेका उम्मेदवारसँग स्थानीय मतादाताले चुनावका बेला ठूलाठूला अश्वासन दिने, तर चुनाव जितेर गएपछि नफर्किने भन्दै गुनासो पोखेका थिए। उम्मेदवारले मत माग्दै गर्दा स्थानीयवासी डबल सिंहले असन्तुष्टि पोख्दै भने, ‘‘तपाईहरुलाई किन र केका लागि भोट दिने, के काम गर्नुभएको छ र ?’’ उनको प्रश्नपछि पार्टीका कार्यकर्ता अलमलिएका थिए । सोही वडाका देवराज पाण्डेयले आफूहरुको बसोबास रहेको हिमाली टोलको सडकको स्तरोन्नति गरिदिन बारम्बार अनुरोध गरिए पनि कसैबाट सुनुवाइ नभएको गुनासो गरे। उनले…

Read More

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार विहान दर्ज्यानी चिन्ह लगाउन भएका छन् । नवनियुक्त दुबै आईजीपीले सिंहदरबास्थित गृह मन्त्रालयमा भोलि विहान ८ः४५ बजे गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा एआईजी राजु अर्याललाई नियुक्त गरेको थियो । गृहमन्त्री खाणले ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र आईजीपी पुष्पराम केसीलाई आइतबार नै मन्त्रालयमा बिदाइ गरिसकेका छन् ।

Read More

दार्चुला- दार्चुलाको किम्तडी भिरबाट लडेर बिचमा चौरीगाईलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । झण्डै १० दिन पहिले लडेको भिरमा फसेको चौरीगाईलाई सशस्त्र प्रहरीको विपद उद्धार टोलीले आइतबार मात्रै उद्धार गरेको हो ।  गाई धनीले घट्नाबारे सशस्त्र प्रहरीलाई आइतबार मात्रै खबर गरेकाले ढिलोगरि चौरीगाईको उद्धार भएको ४४ नम्बर गण हेडक्वाटर दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक केशवदत्त भट्टको नेतृत्वमा खटिएको १३ जना सशस्त्र प्रहरीको टोलीले डोरीको सहायताले गाईको उद्धार गरेको सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक जगत डागाले जानकारी दिए ।  उनका अनुसार चौरीगाई सौका समुदायका मानिस हो ।  महाकाली नगरपालिका–५ मा रहेको किम्तडी वनमा सौका समुदायका मानिसहरू…

Read More