Author: महेन्द्रनगर पोष्ट

धनगढी: टिकापुर नरसंहारमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ। शुक्रबार उनको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उनको मुद्दा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो। रेशमलालले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। उनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए। चौधरीले निर्वाचन…

Read More

काठमाडौं: नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा क्याप्टेन दिपु ज्वारचन नियुक्त भएका छन्। उनी एअरबस ३२० को पहिलो नेपाली परीक्षक हुन्। यसअघि पनि उनी केही समय सोही जिम्मेवारीमा थिए। ज्वारचन सन् २००७ मा को पाइलटको रुपमा निगमको सेवामा प्रवेश गरेका थिए।  सन् २०१५ देखि एयरबस ३२० विमान उडाइरहेका ज्वारचन २०२२ मा प्रशिक्षक पाइलट बनेका हुन् ।

Read More

धनगढी: धनगढीमा मोटरसाइकलले कारलाई ठक्कर दिएपछि दुर्घटना भएको छ। आज (शुक्रवार) धनगढीको राजपुरस्थित ६ लेन सडकमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अत्तरियादेखि धनगढी आउँदै गरेको बागमती प्रदेश ०१०२९ च १७८३ नम्बरको कारलाई पछाडीबाट सुदूरपश्चिम प्रदेश ०१००७ प ९८२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ६ लेन सडकको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका- ७ का २२ वर्षीय विक्रम राना र पछाडि सवार २१ वर्षीय दिपेन्द्र राना घाइते भएका छन्। उनीहरूको अहिले मायामेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। यस्तै ठोक्किएको कार अत्तरियाका काँग्रेस नेता एवं पत्रकार लोकराज पाण्डेय (आगो) को भएको खुलेको…

Read More

महेन्द्रनगर: कञ्चनपुरमा सरकारी सम्पत्ति एवं जग्गा अतिक्रमण गरेर र भाडामा लिएर बनाइएका अनाधिकृत र अवैध संरचना हटाउने कार्यलाई तीव्र पारिएको छ। चैतदेखि नै सुरु गरिएको उक्त कार्य महिना सकिनै लाग्दा पनि तीव्र पारिएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गोपाल कुमार अधिकारीले अवैध संरचना र खोका, छाप्रा एवं टहरा धमाधम हटाइरहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनले सार्वजनिक सम्पत्ति संरक्षण अभियान अन्तरगत सरकारी कार्यालयको जग्गा र आसपासमा बनाइएका संरचना भत्काइएको र भत्काउने क्रम जारी रहेको बताए। उनका अनुसार हालसम्म जिल्लाका मालपोत, नापी र यातायात कार्यालयको स्वामित्व एवं आसपास बनाइएका अनाधिकृत संरचना हटाइएका छन्। यसरी हटाइनेमा सरकारी कार्यालय अगाडिका खोका,…

Read More

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ७ देवरियाबाट १ ग्राम १६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २२ वर्षीय सेवा चौधरी बिहीवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस्तै चोरी मुद्धामा १५ वर्ष फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० वर्षीय महेश चौधरी पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको मिति २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्धामा १४ दिन कैद सजाय र…

Read More

धनगढी: सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।

Read More

डडेल्धुरा: संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो डडेल्धुरा अस्पताल। ०१८ सालदेखि विभिन्न नामले सञ्चालित अस्पताल ०७५ फागुन ५ गते विशिष्ट विशेषज्ञ सेवा सहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो। ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ। उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो। जहाँ दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो। कागजको खोस्टामा विशिष्ट विशेषज्ञ अस्पतालको उपमा पाएको डडेल्धुरा अस्पतालले दिने सेवा सुविधाले सुदूर पहाडका नागरिक आक्रान्त छन्। प्रदेश मातहतको अस्पतालले संघ मातहतको अस्पतालमा बिरामी रेफर गर्नुपर्ने हो। तर, संघ…

Read More

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ। अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको हो। आज (बिहीबार) बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीको निर्णयअनुसार अधिवेशन कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखडमा हुने छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह-संयोजक नितिश जोशीले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ। मन्दिर बाहिर लहरै ठेला राखेर पसल थापिएका छन्। मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थी कोही मन्दिरभित्र प्रवेश गरिररहेका छन्। कोही आफूलाई मनपर्ने सामान किन्न व्यापारीसँग मोलमोलाइ गरिरहेका भेटिन्छन्। पछिल्लो केही सातायता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो। हजारौँको सङ्ख्यामा दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउँदा महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने श्रद्धालुको भीडभाडले यहाँको व्यापार–व्यवसाय पनि बढेको हो। पछिल्लो समय गड्डाचौकीबाट महेन्द्रनगर बजारसम्मै श्रद्धालुको लस्कर देखिन्छ। नेपाल र भारतमा लाग्ने पूर्णागिरि मेलाले महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर दर्शनार्थी गुलजार बनेको छ। “अरु बेला…

Read More

धनगढी: थाइल्यान्डमा जार आइडब्ल्यूएफ वर्ल्ड कपमा नेपालका सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सागरले स्यान्चमा १३४, क्लिन एन्ड जर्कमा १७२ तथा कूलमा ३०६ केजीको नयाँ कीर्तिमान कायम गरेका हुन्। सागरले तीन वटैमा आफ्नौ नाममा रहेको कीर्तिमान सुधार गरे। यसअघि उनले क्लिन एन्ड जर्कमा १७१, स्न्याचमा १३३ र कूलमा ३०३ केजीको कीर्तिमान कायम गरेका थिए। यी कीर्तिमान उज्वेकिस्तामा भएको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिप तथा चीनमा भएको एसियाली खेलकुदमा बनेका थिए।  कञ्चनपुरको महेन्द्रनगर घर भएका सागरले नेपालको ४४ वर्षको इतिहासमा भारोत्तलनमा सर्वाधिक भार उचाल्ने खेलाडीको रेकर्ड बनाएका हुन्। सागर अब ओलम्पिक खेल्ने सम्भावित खेलाडीको शिर्ष स्थानमा छन्।

Read More