Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो। महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ।आज चाँदी ताेलाकाे १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार पनि साेहि मूल्यमा काराेबार भएकाे थियाे।

Read More

झापा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइरहेको छ। उनको साथबाट डेटोनेटर ७ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने समानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

जनकपुरधाम  : सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त। त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन्। तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ। कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उहाँका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२…

Read More

एजेन्सी : कतारमा जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ पूर्व कर्मचारीहरु स्वदेश फर्किएका छन् । उनीहरुलाई कतारले रिहा गरेको छ । नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सोमबार बिहान दिल्ली विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो । पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो । दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो । रिहा लगत्तै उनीहरु स्वदेश…

Read More

काठमाडौँ : नेपालमा पहिलोपटक समलिङ्गी लेस्बियन जोडीको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिङ्गी महिला जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन् । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए। ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी…

Read More

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो। कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा २ वटा सुदूरपश्चिमका रहेका छन्। कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन र ए-वन खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बाजुरालाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो।

Read More

डडेल्धुरा : डडेल्धुरामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन्। घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन। तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतबार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए। उपचारमा संलग्न चिकित्सकले बालिकामाथि दुष्कर्म भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौ्:  ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छिन्। आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन्। काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए। उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन्। घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ। 

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : डोटीको पुर्बिचौकी गाउँपालिकामा काठ चोरी गरिरहेको अवस्थामा ट्याक्टर सहित २ जना पक्राउ परेका छन् । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पुर्वीचौकी गाउँपालिका२ रानीढुंगा मध्यवर्ती सामुदायिक वन क्षेत्रको हाँडे खोलामा पर्ने वनबाट पक्राउ गरिएको हो । एक ट्याक्टर उतिस जातको काठ चोरी तस्करी गर्दै गरेको अवस्थामा निकुञ्जको सुरक्षार्थ खटिएको सिंह शार्दूल गुल्म र निकुञ्जको टोलीले मङ्गलवार ६ बजे ट्याक्टर सहित २ जनालाई पक्राउ गरेको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले बताए । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

Read More