Author: महेन्द्रनगर पोष्ट

बैतडी : परराष्ट्र मन्त्री एनपी साउदले गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन्। शनिबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउदले जनताबाट अनुमोदित सरकार भएकाले यो सरकार पाँच वर्षसम्म चल्ने बताएका हुन्। ‘जनतामा गठबन्धन गरेर गयौं। महुमत पायौं। माथि आएर गठबन्ध गरेका हैनौं। जनताबाट अनुमोदित भएकाले यो गठबन्धन पाँच वर्ष अकण्टक रुपमा चल्छ’ उनले भने। प्रधानमन्त्री, मन्त्रीहरू फेरबदल हुने प्रक्रिया भइरहने बताउदै मन्त्री साउदले गठबन्धनले दिगो, भरपर्दो र स्थिरता दिने बताए।

Read More

बैतडी : बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँस्थित एक घरमा आगलागी भएको छ। हिजो(शनिवार) साँझ साढे ६ बजेतिर स्थानीय पुष्कर थलालको दुई तले कच्ची घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ।   १ लाख ५० हजार नगदसहित एक तोला आठ आना सुन र ३५ हजार बराबरको अन्न र कपडा गरी पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले  जानकारी दिए। विद्युतको तार सर्ट भएर आगलागी भएको र घर पूर्णरुपमा जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 

Read More

अछाम : अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको  दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो।  घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए। 

Read More

काठमाडौँ : “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या । यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो ।  चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले संखुवासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए । चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ । श्रेष्ठ परिवार…

Read More

बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेम सिंह धामी मृत फेला परेका हुन्। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका प्रहरीले जनाएको छ। उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Read More

अछाम : ६ महिनाको अवधिमा अछामका स्थानीय तहहरुका विरुद्धमा ८१ उजुरी दर्ता भएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो। शनिबार जिल्लाको साँफेबगरमा आयोगको कञ्चनपुर कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा परेको उजुरीको तथ्यांक प्रस्तुत गरिएको थियो। आयोगका अनुसार गत आर्थिक वर्षमा १०७ र चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा उजुरी परेको छ। अख्तियारमा परेको उजुरी मध्ये ५२ वटाको फर्छ्योट भएको छ। १३६ उजुरी अनुसन्धानका क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए। उजुरीमध्ये कमलबजार नगरपालिकाको ४३, मंगलेसन…

Read More

काठमाडौं : सशस्त्र प्रहरीका एसपी कमलचन्द्र गैरे मुख्यालय तानिएका छन्। उनीमाथि राशनमा आर्थिक अनियमिता गरेको आरोप छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँका गणपति गैरेले अधिक (७० प्रतिशत) कर्मचारी बिदा छोडेका बताइएको छ। स्रोतका अनुसार बिदा छोड्ने मात्र होइन उनले आफू अवकाश जान लागेकाले गणमा कमसल खाना खुवाएको आरोपसमेत छ। ‘गणमा कार्यरत कर्मचारीप्रति उदासिन रहने, मातहतको पिर मर्का नबुझ्ने र राशनमा मात्र गिद्धे नजर लगाउने काम भयो’, गणमा कार्यरत एक अधिकृतले भने। उनी यही माघमा अनिवार्य अवकाश भइ घर जाँदै छन्।

Read More

काठमाडौँ : हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं । हामीले प्रयोग गरिरहेकाे स्मार्टफाेन कहिलेकाहीं हराएको वा कतै छुटेको हुन सक्छ । कतिपय अवस्थामा फोन कसैले चोरी गरेको हुन्छ । त्यस्तोमा तत्कालै फोन फेला पार्न गुगलले १० वर्षअघि अर्थात् २०१३ मा ‘फाइन्ड माई डिभाइस’ (Find my device) एप र फिचर सार्वजनिक गरेको थियो । त्यसपछि परिमार्जन हुँदै आएको यो एपले आजका दिनमा हराएको डिभाइस अफलाइन भए पनि त्यसको लोकेसन पत्ता लगाउन सक्ने गुगलको दाबी छ । गुगलले प्रायः सबै प्रयोगकर्ताको लोकेसनको पछिल्लो डेटा इन्ड-टु-इन्ड इन्क्रिप्सनका रूपमा भण्डारण गरेको हुन्छ । त्यसैलाई आधार मानी अफलाइन हुँदा पनि डिभाइस कहाँ छ भन्ने थाहा दिने कम्पनीको भनाइ छ । गुगलको यो एपमार्फत…

Read More

काठमाडौं । आइसिसी यू-१९ विश्वकप अघिको पहिलो औपचारिक वार्मअप खेलमा स्कटल्यान्डमाथि नेपालले शानदार जित निकालेको छ । दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको हो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ११४ रनमै समेटिएको थियो । नेपालले यसअघि भएको अनौपचारिक खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले पराजित गरेको थियो । नेपालले दोस्रो औपचारिक वेस्ट इन्डिजसँग मङ्गलवार खेल्नेछ ।

Read More