Author: Dipak Dhamala

चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ  । देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड–१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् ।  यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् । एउटै शहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ । यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु…

Read More

बझाङ – बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बझाङकाे छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाकाे ज्यान गएकाे हाे । उनीहरुकाे घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । झोलुङ्गे पुलकाे सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Read More

पोखरा- पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्य सहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता अन्र्तगत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडीहरु सहभागी हुँदैछन् । प्रतियोगिताको खुला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ। आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । उसको १५ खेलमा ४० अङ्क छ । पराजित वेस्ट ह्याम १६औँ स्थानमा छ । उसको १६ खेलमा १४ अङ्क छ । प्रिमियर लिगमा गएराति भएका खेलमा लिभरपुलले एस्टन भिल्लालाई र ब्राइटनले साउथह्याम्पटनलाई समान ३–१ गोलले हराएको छ । त्यस्तै, उल्भ्सले एभर्टनलाई २–१ गोलले, फुलह्यामले क्रिस्टल प्यालेसलाई र न्युक्यासलले लेस्टर सिटीलाई समान ३–० गोलले हराएको छ । हिजो भएको पहिलो खेलमा टोटनह्याम र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । विश्व कप…

Read More

काठमाडौं – नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरिएको जानकारी दिए । यस्ता छन् निर्णयहरु: १. वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने । २.राजस्वको लक्ष्य प्राप्त गर्न चूहावटलाई कडाईका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनसंरचना गर्ने,…

Read More

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, गण्डकी  तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु लागेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हिमाली भू-भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु…

Read More

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका छन् । 

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै पार्टीबाट मन्त्री बन्नेहरुबारे पनि छलफल हुने एक नेताले बताए ।

Read More

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उहाँले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने चेतावनी पनि दिनुभएको छ । ‘ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’ उहाँले लेख्नुभएको छ। नेतृत्वको अपरिपक्क निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र देउवाको आलोचना भइरहेको छ ।

Read More

उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरीका कारण लाखौँ मानिसको जनजीवन प्रभावित भएको छ । अमेरिकामा ३४ जनाको ज्यान गएको छ । जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्युयोर्क रहेको छ । न्युयोर्कको बफेलो क्षेत्र बढी प्रभावित बनेको छ । त्यस्तै, क्यानडाको ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्त मेरिटसमेत अत्यधिक प्रभावित बनेको छ । बरफ जमेको सडकमा बस पल्टिँदा चार जनाको ज्यान गएको छ ।

Read More