Author: Dipak Dhamala

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ। यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ। केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ। केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोगमा पठाइसकेको जानकारी दिँदै भने, ‘हामीले तथ्यांक दिएका छौं, आयोगले विज्ञापन गरेर नयाँ शिक्षकको आवेदन खुला…

Read More

युरोपियन युनियन (ईयू) ले कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित राख्ने सम्झौता गरेको छ । कच्चा तेलको मूल्यबाट रुसलाई हुने आम्दानी घटाउन र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न ईयूले सम्झौता गरेको एएफपीले जनाएको हो । रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न मूल्य निर्धारण गरिएको ईयूले बताएको छ । झण्डै १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको ईयूले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन् । ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्त्वपूर्ण कदम मानिने छ ।

Read More

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ । अघिल्लो चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३३.२४ प्रतिशत समानुपातिक मत पाएको एमालेले यसपटक शनिबार बेलुकीसम्मको मतगणना हेर्दा २६.७५ प्रतिशत मात्रै प्राप्त गरेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक करिब ६.४९ प्रतिशत कम मत उसले पाएको…

Read More

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।   आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली  रहनेछ। राती बागमती प्रदेश, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी  भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।तराईका भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

काठमाण्डाै – अर्जेन्टिना कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक–एक गोल गरे । अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि गएराति भएको खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स पनि अन्तिम आठमा पुगेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सले जित निकालेको हो । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक–एक गोल गरे। अमेरिकाका हाजी राइटले…

Read More

काठमाडौँ — आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागि हेडक्वार्टर तानिएका छन् । सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची हुन् । बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका…

Read More

धनुषा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । ९ जना घाइते भएका छन् । महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बाेकेर इँटहरीबाट फर्किँदै गरेकाे बा १ ज ८२९३ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएकाे हाे । ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएकाे छ । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएकाे उहाँले बताउनु भयाे । ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यकाे परिचय खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी…

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज नकआउट चरण अर्थात् राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् । राउण्ड अफ १६ को पहिलो खेलमा आज राति पौने नौ बजे नेदरल्यान्ड्स र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका समूह ‘बी’ को उपविजेता बनेको थियो। यस्तै दोस्रो खेलमा राति पौने १ बजे अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

Read More

नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् । निर्वाचनको विकृत पक्ष झाङ्गिदै गएको प्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे । पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए । उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा शसक्त हस्तक्षेपकारी छलफल चलाउन आमपार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग माग गरेका छन् । चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै…

Read More

काठमाण्डाै – प्रतिनिधि सभातर्फ मतगणना भइरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले सुरुआतदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले ११ हजार ७६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले आठ हजार ८५२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले पनि अग्रता बढाउँदै लैजानुभएको छ । गुरुङले २२ हजार ४८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २० हजार २६७ मत प्राप्त गर्नुभएको छ ।…

Read More