Author: Dipak Dhamala

काठमाडौं- आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।  आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ ।  अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन्…

Read More

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।  युरो एकको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १३ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री…

Read More

हाल नेपालमा  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ।  आज दिउँसो प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा आज राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।  वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको…

Read More

काठमाडौं – मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । बाढीपहिराेले गर्दा सडकमार्ग बन्द भएकाले अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गएको मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । मनाङमा पहिलोपटक एकैदिनमा १ सय २० पटक हेलिकप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा हिजो एकैदिन १ सय २० पटक अवतरण…

Read More

युक्रेनको राजधानी किभमा रुसले गरेको मिसाइल आक्रमणको विश्वका धेरै देशले निन्दा गरेका छन् । अमेरिकाले रुसले विश्वविद्यालय र बालबालिकाको खेल मैदान लगायतका नागरिकलाई निशाना बनाएको बताएको छ । अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्ने आश्वासन पनि दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटको प्रतिक्रियामा आक्रमण भएको बताएका छन् । रुसले सोमबार ८३ वटा क्षेप्यास्त्र प्रहार गरेको र जसमध्ये ४३ वटा हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनले दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘युक्रेनलाई डराउन सकिँदैन ।…

Read More

सुदूरपश्चिमका ५ जिल्लामा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ। प्रदेशमा ९ जिल्ला रहेकोमा एकीकृत समाजवादीले ५ जिल्लामा एकल उम्मेदवारी पेस गरेको हो। अन्य ४ जिल्लामा भने गठबन्धनमा रहेर चुनावमा भाग लिएको छ। गठबन्धनबाट संघ र प्रदेशमा कुनै पनि एउटा क्षेत्र नपाएको कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरामा सत्ता साझेदार एकीकृत समाजवादीले बागी उम्मेदवारी दिएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (२) मा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले उम्मेदवारी दिएका छन्। यहाँ गठबन्धनबाट कांग्रेसका संविधानसभा सदस्य बहादुरसिंह थापाले उम्मेदवार छन्। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ को…

Read More

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष कोजाग्रत पुर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो । तीननारायण एवम् कहीँ नभएको जात्रा हाँडीगाउँमा समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले गएकाे वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उहाँले सुनाउनुभयो । गएको वर्षभन्दा कोरोना महामारी कम रहेकाले सहजरूपमा जात्रा गर्न लागिएको हो । देशका अरु ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारि गरिने र हाँडीगाउँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने…

Read More

कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्ममा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ। धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउ बढेको उनको अनुमान छ। झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मूख्य बढेको तरकारी व्यवसायीको भनाइ छ। वर्षाले तरकारी उत्पादनमा कमी आएको उनीहरुले बताएका छन्।  वर्षाले विभिन्न स्थानबाट आउने तरकारी बजारमा पुग्न नसकेको कारण बजारमा ताजा तरकारी पाउन मुस्किल भएको छ। तरकारी बजारमा अहिले हरियो साग प्रतिकिलो एक सय ४०, काउँली प्रतिकिलो…

Read More

फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ ।  डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवा माथी परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवा बिरुद्ध सोमवार उजुरी परेको थियो ।  सूचना पाटीमा टाँसिएको ब्यहोरालाई आधार…

Read More

 पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुदमा हिजो फेन्सिङतर्फ वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र आर्मीले स्वर्ण पदक जितेका छन् । सिनियर पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्र शाहीले वाग्मतीका सञ्जिप लामालाई पराजित गर्दै स्वर्ण जिते । महिला ईपीको सिनियरतर्फको स्वर्ण आर्मीकी इन्दिरा पौडेलले आर्मीकै सीता पाठकलाई पराजित गर्दै जितिन् । सेबरतर्फको इभेन्टमा वाग्मतीकी शिक्षा नापितले विभागीय क्लब एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितिन् । शिक्षा गण्डकी प्रदेशमा चलिरहेको प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् । प्रतियोगिता ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा दुई विभागीयसहित ६ टिमले प्रतिस्पर्धा गरेका छन् ।

Read More