Author: Dipak Dhamala

बेलायतका कट्टरपन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ ।राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लङ्घन’ भएको स्वीकार गर्दै अगाडि भनिन्, ‘मैले गल्ती गरेको छुस म जिम्मेवारी स्वीकार गर्छुः म राजीनामा गर्छु। ‘उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।

Read More

काठमाण्डौ – तिहार र छठ पर्वमा प्लाष्टिकका फूलमालाको प्रयोग गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस् । प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ । सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको हो । विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्रि वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको पनि स्मरण गराएको छ । राजपत्रमा सूचना निकालेर प्लाष्टिकजन्य…

Read More

काठमाण्डौ – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने भएको छ । समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ ।  महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ । महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी…

Read More

काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आजदेखि सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो । फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार तिहार तथा छठ पर्व, घर आँगन/बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता…

Read More

काठमाण्डौ – नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ । डलरको भाउ हिजो १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर आज अहिलेसम्मकै उच्च भएको हो । विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको हो । डलर बढ्दा आयातित सामानको मूल्य बढ्न जान्छ । जसको प्रभावले देशको व्यापार घाटा र समग्रमा…

Read More

काठमाण्डौ – कर्जाको ब्याजदर निरन्तर बढ्दै गएपछि उद्योगी/व्यवसायी रुष्ट बनेका छन् । अर्थतन्त्रलाई संकटमा जानबाट रोक्ने नाममा वाणिज्य बैंकहरूले निरन्तर कर्जाको ब्याज बढिरहेको छ ।​ फलस्वरूपः पछिल्लो २ वर्षको अवधिमा सतप्रतिशतसम्म कर्जाको ब्याजदर बढेको छ । यससँगै, सस्तोमा ऋण लिएर उद्योग व्यवसायमा लगानी गरेका व्यवसायी रुष्ट बनेका हुन् । वाणिज्य बैंकहरूको समूह नेपाल बैंकर्स एसोसिएसनले कात्तिक महिनादेखि कर्जाको ब्याजदर करिब १८ प्रतिशतसम्म पुर्याउने निर्णय गरिसकेको छ । यसका लागि संघले बेस रेट कम्तिमा ०.५ प्रतिशतले बढाउने र प्रिमियम पनि बढाउने निर्णय निर्णय गरेको छ । यससँगै, कात्तिक महिनादेखि कर्जाको ब्याजदर बढेर १८ प्रतिशत वा त्योभन्दा माथि पुग्छ । जसले गर्दा सस्तोमा ऋण…

Read More

काठमाण्डौ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले १ सय ५० स्वर्ण पदकसहित ३ सय १४ पदक जितेको छ । उसले १ सय ५० स्वर्ण, ९४ रजत र ७० कास्यसहित अग्रता कायमै राखेको छ । दोस्रोमा रहेको नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्य गरी १ सय ५८ पदक तथा तेस्रोमा रहेको एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य गरी १ सय ७६ पदक जितेको छ । यस्तै गण्डकी प्रदेशले २९ स्वर्णसहित १ सय ६ पदक, वाग्मतीले २२ स्वर्णसहित १ सय २३, एनआरएनएले १० स्वर्णसहित २४, प्रदेश एकले ९ स्वर्णसहित ७५, सुदूरपश्चिमले ८ स्वर्णसहित…

Read More

काठमाडौं- प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने यस पटक प्रमुख दलबाट तीन जना मात्रै उम्मेदवार छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको छ । सुरुमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसले रुकुमपश्चिमका मानबहादुर नेपाली र एमालेले डडेल्धुराबाट चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएको छ । एमालेबाट…

Read More

काठमाडौं- संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे ।विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन । अन्तर्क्रियामा वडाध्यक्षहरुले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर…

Read More