Author: Dipak Dhamala

छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ। पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका ‘आलटाल’मा सीमित छ। भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ। यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन् । पछिल्लो समय नेपालले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाको ७ सय ८६…

Read More

काठमाडौं- हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ।  आज दिउँसो प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको  छ। 

Read More

काठमाण्डौ – झण्डै एक हप्तासम्मको लगातार झरी परेको पश्चिमी क्षेत्रको मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । तर, मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकी पख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना छैन । तर, पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम कायमै छ । मौसमविद् पौडेलका अनुसार आज, भोलि र पर्सी दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भइ क्षणिक वर्षा हुन सक्छ । आउँदो शनिवार भने पश्चिमी क्षेत्रसहित देशभरीको मौसम…

Read More

काठमाण्डौ – यसपालि मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन । मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ । अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना छ । बिहान केहीबेर प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । अब ठूलो वर्षा भने नहुने उहाँले बताउनुभयो । अबको दुई तीन दिनपछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने पनि मौसमविद्को…

Read More

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि ग-यो । ‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी…

Read More

काठमाण्डौ – निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् । यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ । चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

Read More

प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो।  मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि इटहरी कार्यालयलाई पत्राचार गरेर सुपारी छाडिएको जानकारी दिइयो। कार्यालयका प्रमुख तीर्थराज खनालले राजस्व अनुसन्धान विभागले असोज १२ गते रोकिएका ट्रक गन्तव्यमा लैजान अनुमति दिनु भन्ने ब्यहोराको पत्र पठाएपछि छाडिएको जानकारी दिए । सुपारी छाड्न दबाबका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा केही राष्ट्रिय नेताले फोन गरेर दवाव…

Read More

काठमाण्डाै – एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली गएराति स्वदेश फर्किएको छ । १७ वर्षमुनिको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गर्नुभयो । व्यवस्थापकीय कमजोरीका कारण टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेर आइपुगेको हो । भियतनाममा भएको छनोटमा नेपाल जितविहीन रहेको थियो । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोलले पराजित भएको थियो । तीन वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो ।

Read More

मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ । काठमाडौँ उपत्यकामा विद्युत्का तार भूमिगत गर्दा पैदल यात्रीको अधिकार क्षेत्रका सडकपेटीमा बनाइएका क्याबिनेट जोखिमपूर्ण छन् । नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट राख्दा पैदल यात्रीको जीवन जोखिममा पर्दै आएको हो ।  बाटोघाटोमा निर्बाध र निस्फिक्री साथ हिँडडुल गर्न नपाउनुका साथै पैदल यात्रीलाई पर्खाल र क्याबिनेटको बीचमा च्यापिएर हिँड्नुपर्ने अवस्था छ । विद्युत् प्राधिकरणले सडकपेटीमा क्याबिनेट राखेको सम्बन्धमा गोरखापत्रले असोज ११ गते ‘फुटपाथमा ज्यानैको खतरा’ शीर्षकमा समाचार र असोज १२ गते ‘सडकपेटीमा जोखिम’ भन्ने…

Read More

नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म…

Read More