Author: Dipak Dhamala

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवारहरूले गर्ने खर्चको सीमा तोक्न मंगलबार दलहरूसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले १२ दलका प्रतिनिधिलाई आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाएको छ । आयोग प्रवक्ता शालिग्राम पौडेलले ११ बजे दलहरूसँग छलफल राखिएको बताए ।  निर्वाचन आयोग स्रोतका अनुसार २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी गरेको छ । ०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उमेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले यो पटक त्यसमा हेरफेर गर्न लागेको हो । त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका…

Read More

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ । गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि…

Read More

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरि फाइनल चारमा पुगेको हो । गएराति भएको खेलमा इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक/एक गोल गरे । जितसँगै इटाली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ । यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । यो समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जर्मनीले दुई गोलको अग्रता लिए पनि इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गरि खेलमा बराबरी गर्‍याे । जर्मनीका लागि काई हाभर्टजले दुई…

Read More

काठमाण्डाै – दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाको गड्डाचौकी नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको हो। पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले बताए। उनले दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको बताए। “गड्डाचौकी नाकादेखि खक्रौला नाकासम्मको ४२ किलोमिटर राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेका छौं”, उनले भने, “यात्रुहरूको सहजताका लागि बस व्यवसायीहरूसँग समन्वय गरेर यातायात सेवामा सहजीकरण गरिराखेका छौँ।”…

Read More

काठमाण्डाै – नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले चौथो संस्करणको ‘स्ववियु कप भलिबल प्रतियोगिता’ को उपाधि जितेको छ। सोमबार भएको फाइनलमा कैलालीको किशोर निर्माण सेवालाई ३–१ को सेटले हराउँदै नेविसंघ डडेल्धुराले उपाधि उचालेको हो। नेविसंघले पहिलो सेट जित्यो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै किशोर निर्माण सेवाले दोस्रो सेट आफ्नो पक्षमा पार्‍यो। त्यसपछिका तेस्रो र चौथौ सेटमा जित निकाल्दै नेविसंघले उपाधि रक्षा गर्न सफल भयो। उपाधिसँगै नेविसंघले एक लाख ५१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको किशोर निर्माण सेवाले ७५ हजार पाएको छ। नेविसंघ बैतडीको पञ्चेश्वर गाउँपालिकाको टिमलाई हराउँदै फाइनलमा पुगेको थियो। यस्तै पञ्चेश्वर गाउँपालिकाको टिम तेस्रो भएकाे छ।…

Read More

काठमाण्डाै – दसैं नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ । पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ । कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

Read More

काठमाण्डाै – डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिल समस्या आउन सक्ने भन्दै डाक्टरले सचेत रहन आग्रह गरेका छन् । ज्वरो कम भएपछि डेंगी निको भएको भन्दै लापरबाही गर्दा ज्यानै जाने जोखिम हुन्छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार ज्वरो घटेपछि कतिपयमा जटिल अवस्था अर्थात् ‘क्रिटिकल फेज’ सुरू हुने गर्दछ । यो सामान्यतया २४ देखि ४८ घण्टामा देखिने गर्दछ । यो समयमा पेट वा फोक्सोमा पानी जम्ने सम्भावना रहन्छ । यस्तो अवस्था एक्सरे तथा अल्ट्रासाउन्ड मेसिनबाट पत्ता लगाउन सकिन्छ । यो समयमा बिरामी अचेत अवस्थामा समेत जान सक्नेछ र यसै समयमा रक्तस्रावको समस्या समेत देखा पर्न सक्छ । समयमा…

Read More

काठमाण्डाै – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ । यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिए । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् । किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । सीमित…

Read More

काठमाण्डाै – दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Read More

काठमाण्डाै – मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्रकाे स्थापना गरिने भएकाे छ । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको हाे । गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले हिजाे आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताउनुभयो । विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो । त्यस अवसरमा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली…

Read More