कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत ५८ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जोशीलाई आज विद्यालयमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का बासिन्दा हुन्।
उनले ईन्टरनेटको तार काट्ने क्रममा करेन्ट लागेको थियो।
Facebook Comments Box