Author: Dipak Dhamala

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गरेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ। वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन्। ‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुना बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय…

Read More

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री…

Read More

काठमाण्डाै – राजनीतिज्ञ एवम् पूर्व सांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो। उहाँलाई गएको असोज २५ गते भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो । तर पुनः स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो। आज बिहान उपचारका क्रममा उहाँकाे निधन भएको धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । मैयाँदेवी विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मनुभएको थियो । उहाँको पार्थिव शरीरलाई बिहान साढे ९ बजेपछि एक घण्टा पार्टी कार्यालय कमलनगरमा राखेर दिउँसो देवघाट लगिने कांग्रेस…

Read More

काठमाण्डाै – चीनतर्फको रसुवागढी नाकाबाट अहिले सहज रुपमा सामग्री भित्रन थालेको छ । तिहारका लागि रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको हो । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चीनियाँ दाँते ओखर तथा स्याउ दशैँपछि भने दैनिक आयात हुन थालेको छ । अहिले फलफूलका रूपमा स्याउ र ओखर मुख्य रुपमा आयात गरेको व्यवसायी धर्म पौडेलले बताउनुभयो । तिहार तथा छठमा फलफूल र भाइटीकाका लागि ओखरको माग हुनेगर्छ । चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चीनियाँ सीमा अधिकारीले गएको साउन २१ गतेदेखि भदौ २९ गतेसम्म नाका बन्द गरेका थिए । तर अहिले केही सहज भएको…

Read More

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा अनेसासले शोक सभाको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र, च्याप्टर र बोर्ड परिषद्को सहभागितामा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारहरूले जोशीप्रति श्रदासुमन अर्पण गरेका छन् । कार्यक्रमका विशेष वक्ता साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीसँगको सहयात्रा र जोशीको त्यागीपनाको चर्चा गर्दै शताब्दी पुरुषको उपाधिदेखि हुलाक टिकट प्रकाशनका बेलामा भएका गतिविधिको स्मरण गरे । अनेसासका पूर्वअध्यक्ष मोहन सिटौलाले जोशीसँगको यात्राको सम्झना गर्दै जोशीको स्वाभिमानी र स्वावलम्बीपनाको चर्चा गरे । कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बिओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, सदस्य तीर्थराज अधिकारी, सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, सल्लाहकार…

Read More

काठमाण्डाै – टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ। आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् । सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो । त्यसअघि आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् । खेल होबार्टमा बिहान पौने १० बजे सुरु हुनेछ…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । पालिका चुनावमा उम्मेदवार भएर हिजोसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो । उहाँका अनुसार दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो । तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् । वाग्लेले हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने बताउनुभयो । दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना…

Read More

आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम–गठबन्धनको संयुक्त भेलाको आयोजना गरिएको छ । उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने भएको छ । दिउँसो २ बजेबाट वीरेन्द्रनगरको शुभ होटलमा सुरु हुने भेलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधव कुमार नेपालसहित अन्य शीर्षस्थ नेताहरुको उपस्थिति रहने छ ।  नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले भेलामा कर्णालीका प्रत्येक जिल्लाहरूबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताहरुको सहभागिता रहने बताए । उनका अनुसार उक्त टोली सुरुमा सुदूरपश्चिमको राजधानी धनगढी पुगेर दिउँसो…

Read More

काठमाडौं- मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु(याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पु(याउन नसकेका हुन् । ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका हुन् । स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरूका बारेमा जनतालाई मौखिक रूपमा बुझाउने गरे पनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेन्डाहरू प्रभावकारी हुन सकेका छैनन् ।  अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूले नै चुनावी…

Read More

काठमाडौं- स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो। तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत् रूपमा गत बिहीबार ‘राष्ट्रिय तथ्यांक कार्यालय’ नामकरण गरिएको थियो।  गत भदौ २८ गते जारी राजपत्रमार्फत सार्वजनिक गरिएको तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको परिच्छेद ६ मा भनिएको छ, ‘तथ्यांकसम्बन्धी काम गर्ने केन्द्रीय निकायका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहनेगरी एक राष्ट्रिय तथ्यांक कार्यालय रहनेछ।’यसै सातादेखि कार्यालयको वेबसाइट पनि नयाँ रूपमा आइसकेको छ। तर यही अवधिमा राष्ट्रिय योजना आयोगका उच्च अधिकारीले यो…

Read More