Author: Dipak Dhamala

काठमाडौं- सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा ८ जना महिला उम्मेदवार उठाएको छ । त प्रदेशमध्ये ४ वटा प्रदेशमा ८ जना महिला उम्मेदवार उठाए पनि ३ वटा प्रदेशमा भने महिला उम्मेदवार शून्य छन् । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशमा माओवादीबाट महिलाहरूको उम्मेदवारी शून्य छ । बागमती प्रदेशमा माओवादी केन्द्रले पाँच जनालाई उम्मेदवार बनाएको छ ।सबैभन्दा धेरै काठमाडौंबाट ४ जना र ललितपुरबाट एक जना महिलाले माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं १ बाट ओनसरी घर्ती माओवादी केन्द्रबाट गठबन्धनको साझा उम्मेदवारका रूपमा ओनसरी घर्तीले काठमाडौंको क्षेत्र नम्बर २ बाट…

Read More

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ । उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि २६ गतेको समय दिइएको छ । पर्सि २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।

Read More

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । राँचीमा गएरााति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । जितसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले १–१ को बराबरी बनाएको छ । दक्षिण अफ्रिकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐयरले १ सय १३ रनको शतकीय पारी खेले भने इशान किशनले ९३ रनको अर्धशतकीय पारी खेले । यस्तै, सञ्जु सामसनले ३०, शुभमन गिलले २८ र शिखर धवनले १३ रन बनाए । दक्षिण अफ्रिकाका बोर्न फोर्टुन, वायन प्रनिल र कागिसो राबडाले समान १/१ विकेट…

Read More

काठमाण्डाै – बर्दिया र कैलालीमा बेलुकासम्म नै डुबानको जोखिम बढेको छ । कर्णाली नदीमा बाढीले खतराको तह पार गरेकाले डुबानको जोखिम बढेको छ । कर्णालीमा चिसापानी केन्द्रमा जलसतह १२ दशमलव २ मिटर पुगेको छ । बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भइरहने हाेचा क्षेत्रमा बसोबास गर्नेहरुलाई बेलुकासम्म नै अग्लो ठाउँमा रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कर्णाली नदीमा १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ । कर्णाली नदीमा पानीको सतहले यी दुवै तहपार गरेकाले जोखिम उच्च छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा…

Read More

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले टिकट नदिएपछि केही नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै एमालेबाटै टिकट नपाएका अर्का नेता रामवीर मानन्धरले काठमाण्डौ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका अर्का नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेकै निवर्तमान सांसद गंगा चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेपाली कांग्रेसले टिकट नदिएपछि नेता दिनेश कोइरालाले चितवन क्षेत्र नं ३…

Read More

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि २ हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेश सभा सदस्यका लागि ३ हजार ४ सय २३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले हिजो आइतवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो । प्रतिनिधि सभाअन्तर्गत देशभर २ हजार २ सय ९१ पुरुष र २ सय ३३ महिला गरी कुल २ हजार ४ सय ९४ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश सभातर्फ ३ हजार १ सय २३ पुरुष, २…

Read More

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२८.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.६३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.३६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ…

Read More

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार उम्मेदवार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार प्रदेश १ मा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रहेकामध्ये धेरैले पुनः उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा दोहोर्‍याउनेहरू फेरि भिड्दै झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका निवर्तमान सांसद राजेन्द्र लिङ्देन पुनः उम्मेदवार बनेका छन् । यस्तै झापाको क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बू, झापा–५ बाट एमालेकै अध्यक्ष केपी शर्मा ओली पनि पुरानै अनुहार हुन् । यता, इलामबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र एमाले नेता सुवास नेम्वाङ पनि…

Read More

काठमाडौं- प्रदेश सभा सदस्यमा दोहोरिने तयारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्तिम समयमा आफूलाई विवादित बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उम्मेदवारी दर्ताको अघिल्लो रात एकाएक टिकट अरूलाई दिएको विषयलाई आफूले सामान्य रूपमा नलिएको उनले प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री भट्टले पार्टीभित्रको चलखेलले टिकट वितरणमा अनपेक्षित निर्णय भएको बताए। ‘केही दिनअघि मात्रै पार्टी अध्यक्ष प्रचण्डले मलाई प्रदेश सभाको तयारी गर्न भन्नुभएको थियो। त्यहीअनुसार मैले साथीहरूसँग छलफल र तयारी पनि अगाडि बढाएको थिएँ,’ उनले भने, ‘तर, अन्तिम समयमा मेरो परामर्शविना नै टिकट बाँडिनुलाई मैले गम्भीरतापूर्वक लिएको छु।’ मुख्यमन्त्री भट्ट लड्ने भनिएको डोटीको प्रदेश सभा क्षेत्र २ मा उनकै स्वकीय सचिव शिवसिंह…

Read More

काठमाडौं- ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी उम्मेदवारी दिएका हुन् । हाल उनी काठमाडौंको डिल्लीबजारस्थित सदर जेलमा छन्। जेलमा भएकाले पनि उम्मेदवारी दिन पाउँछन् । तर कानुनअनुसार उम्मेदवारी कायम नहुने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए। ‘कसैले पनि सुरुमा उम्मेदवारी दिन पाउँछन्। जेलमा भएका मान्छेले पनि प्रतिनिधि मुकरर नियुक्ति गर्न सक्छन् । प्रतिनिधिले जेलमा बसेको व्यक्तिको उम्मेदवारी दर्ता गराउन सक्छन्’, वाग्लेले भने, ‘तर कानुनले निर्दिष्ट गरेका विषयमा…

Read More