Author: Dipak Dhamala

काठमाडौं- निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।  “अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।” …

Read More

काठमाडौं- निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।  “अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।” …

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ३३ पैसा रहेको छ।     बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९४ पैसा र…

Read More

काठमाण्डाै – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ । उनले भने, ‘राष्ट्रपतिको भूमिकाको गम्भीर समीक्षा हुँदैछ । बैठक एउटा निष्कर्षमा पुग्छ ।’

Read More

काठमाण्डाै – कैलालीका एक युवक बेपत्ता भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका-३ घर भएका १९ वर्षीय रमेश लामिछाने बेपत्ता भएका हुन्। गत भाद्र २९ गते बिहान कलेज जान्छुँ भनी गएका उनी कलेज नै नपुगी हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका उनको पारिवारिक स्रोतले जनाएको छ। लामिछाने पढाइको सिलसिलामा काठमाडौँ बस्दै आएका र काठमाडौँबाटै हराएका बताइएको छ। उनलाई कसैले फेला पारे नजिकको प्रहरी कार्यालय वा ९८१४६२६२३६/९८४८२७९७६४ मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरिएको छ।

Read More

काठमाण्डाै – प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ३५ वटा जिल्ला रहेका छन् । त्यस्तै दुई वा त्यो भन्दा धेरै प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लामा जिल्ला सदरमुकाम र बाहिर पनि कार्यालय स्थापना हुनेछ । दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने २१ जिल्ला, तीन जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ७ वटा, चार जना निर्वाचित हुने ९ जिल्ला, पाँच जना निर्वाचित हुने तीन जिल्ला र…

Read More

काठमाडौं – नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क  समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको छ । समितिका सभापति युवराज गुरुङले विज्ञप्ति जारी गर्दै दुबै संसदद्वारा पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हट्नु नेपालको संविधानको ठाडो उल्लंघन भएको  बताएका छन् ।  विज्ञप्ति मार्फत ५ लाख भन्दा बढी नेपालीलाई नागरिकता विहीन बन्ने भन्दै राष्ट्रपतिको पछिल्लो कदमको निन्दा गरिएको छ । जनसम्पर्क समितिले नागरिकता विधेयक प्रमाणीकरण पछि गैरआवासीय नेपाली नागरिकता लिनको लागि प्रतिक्षारत भूपुगोर्खा तथा विदेशमा…

Read More

काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।  छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् । यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी…

Read More

काठमाडौं- पछिल्लो समय देशका अधिकांश स्थानीय तहहरुले  अवैध संरचना हटाउन चासो देखाउन थालेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ ।  महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।  “नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना, सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्नु हुन अनुरोध छ,” महानगरले जारी…

Read More

काठमाडौं- सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्। चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तुररकम धरौटी हो । यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो। यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा दाखिला भएको छ। राजस्वबाट चल्नुपर्ने सरकारले ‘ट्रेजरी डिफिसियट’ को कारण देखाउँदै धरौटीको रकम राजस्व खातामा दाखिला गर्न परिपत्र गरेपछि सर्वोच्च र मातहतका अदालत रकम हाल्न बाध्य बनेका हुन्। सर्वोच्च अदालत,…

Read More