Author: Dipak Dhamala

काठमाण्डौ – काठमाण्डौको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर जनाएको छ। आजदेखि फूलपाती अर्थात आउँदो १६ गतेसम्म बिहान १० बजेदेखि बेलुकीसम्म नै गाडीको चाप हुने हुँदा ट्राफिक आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरिएको छ। आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

Read More

इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकार विरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाहरुले लगातार ८ औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।  अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ । यो संख्या सरकारले सार्वजनिक गरेको भन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर…

Read More

काठमाण्डाै – शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ । यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत हुनुभएको छ । विसं १९७७ साल वैशाख ३०…

Read More

रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु भएको छ । रुसको भाग बन्ने वा नबन्ने विषयलाई लिएर नागरिकको मत सङ्कलन सुरु भएको बीबीसीले जनाएको छ । पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजा र खेअर्सनमा सुरु भएको मतदान पाँच दिनसम्म चल्नेछ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशतसम्म ओगट्छन् । रुसको यो कदमलाई लिएर युक्रेन र पश्चिमा देशहरूले चर्को आलोचना गरेका छन् । अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजना अनुसारको गैरकानुनी जनमत सङ्ग्रहबाट आउने परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ । युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक…

Read More

काठमाण्डाै – पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । गएराति १२ बजेतिर भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ।

Read More

काठमाण्डाै – मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँट अझै मिल्न सकेको छैन । महिनौँदेखि छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो। हिजोको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले बताएका छन् । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट छन्…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आग्रह गरेको छ। आयोगले दललाई प्रदान गरिएको चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने पनि स्पष्ट पारेको छ। आयोगमा अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चिह्न बाँड्दै हिँडेको पाइएपछि आयोगले चुनाव चिह्नबारे स्पष्ट पार्दै घिमिरेलाई तीन दिने स्पष्टीकरण सोधेको छ। घिमिरेको दललाई प्रदान गरिएको चुनाव चिह्न लौरो स्वतन्त्र उम्मेदवारहरुको साझा तथा वैकल्पिक चिह्न भनेर प्रचार गरिएकोमा आयोगले आपत्ति जनाएको छ। यस्ता भ्रामक कुराहरु प्रचारप्रसार नगर्न/नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्रीसमेत तुरुन्त हटाउन…

Read More

काठमाण्डौ – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् ।  यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

Read More

काठमाण्डौ – यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्।  घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा. चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए। यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको उनले बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ । 

Read More

काठमाण्डौ – हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न…

Read More