Author: Dipak Dhamala

काठमाण्डाै – आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । काठमाण्डौसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक…

Read More

काठमाण्डाै – विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको…

Read More

काठमाण्डाै – विश्व शान्ति र जनकल्याणका लागि आज घटस्थापनाको दिनदेखि महानवमीसम्म धनगढीको पटेलामा श्री गायत्री महायज्ञ सञ्चालन हुने भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ वेली पटेलाको श्री ऋषिसकेश पीठ धार्मिक वनमा महायज्ञ आयोजना हुने श्री ऋषिकेश पीठ धर्म संरक्षण सम्बर्द्धन समसतिका सदस्य शिवानन्द स्वामी महाराजले बताए। ‘पटेलामा घटस्थापनाको दिनदेखि श्री गायत्री महायज्ञ सुरू हुने भएको छ,’ उनले भने, ‘विश्वशान्ती जनकल्याणका लागि महायज्ञ गर्न लागिएको हो।’ श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीजीको परिकल्पनामा विश्व शान्ति र जनकल्याण हेतु महायज्ञ अनुष्ठान हुन लागेको आयोजक समितिले जनाएको छ। पटेला गोरखनाथले तपस्या गरेको भूमि भएकाले त्यो क्षेत्रलाई धार्मिक हिसाबले विकास गर्न खोजिएको शिवानन्द स्वामीले…

Read More

काठमाण्डाै – कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्। जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। हिजो पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा आज खेलाईएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ। लगातारको वर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हरायो। कर्णाली प्रदेशले फाईनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमती प्रदेश बीचको खेलको विजेतासँग खेल्नेछ। आज नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई हराएको छ। लुम्बिनीले…

Read More

काठमाण्डाै – भारतले अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला जितेको छ । घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको हो । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, हार्दिक पाण्डेयले २५,रोहित शर्माले १७ रन बनाए । अस्ट्रेलियाका लागि ड्यानियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर…

Read More

काठमाडौं- सरकारले दार्चुलाका दुई पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। यी दुवै स्थानीय तहमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पुर्‍याउँदै आएको छ। यो वर्ष मात्रै पनि बाढी र पहिरोमा ठूलै जनधनको क्षति भएको छ। 

Read More

काठमाडौं- बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको । दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।  ‘अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका छन्’, एक स्थानीय प्रहरी अधिकारीको भनाइ उल्लेख गर्दै एएफपीले लेखेको छ, ‘अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।’ प्रहरीका अनुसार उक्त डुंगामा ५० जना तीर्थयात्री थिए । उनीहरु शताब्दीऔँ पुरानो मन्दिरमा यात्रा गरिएका थिए । उत्तरी बंगलादेशको बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । दुर्घटनामा २५ जना यात्रु हराइरहेका अर्का एक प्रहरी अधिकारीले…

Read More

काठमाडौं -हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली  रहेको छ।  प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा  हल्का वर्षा भइरहेको छ।  सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मंगलबार प्रदेश १ र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा…

Read More

काठमाण्डाै – तीन वर्षदेखि बन्द भएको कोटेश्वरको पुष्पाञ्जलि हल फेरि खुलेको छ । कोरानाको कारण बन्द भएको हल आज बाट खुलेको हलका संचालक गोपाल काजी कायस्थले बताए । दर्शकको माग र नजिकिँदै गरेकाे चाडपर्वलाई ध्यानमा राखेर हल संचालमा ल्याइएको बताइएको छ । हलमा आजबाट प्रेम गीत ३ प्रदर्शनमा आएको छ । हल दशैं, तिहार खुल्ने र त्यसपछि नयाँ तरिकाबाट निर्माणका लागि केही समय बन्द रहने संचालक कायस्थले जनकारी दिए ।

Read More

काठमाण्डाै – निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनबारे आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेतालाई बोलाएको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन मुख्य ध्यान दिने आयोगले जनाएको छ । सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग दिउँसो १२ बजे छलफल गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाएको उहाँले जानकारी दिनुभयो । तर प्रधानमन्त्री देउवा छलफलमा आउने/नआउने टुङ्गो छैन । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।…

Read More