Author: Dipak Dhamala

अमेरिकाले युक्रेनको राजधानी किभसहितका सहरहरुमा हिजो भएको क्षेप्यास्त्र आक्रमण पूर्ण रुपमा अस्वीकार्य भन्दै अब युक्रेनको समर्थनमा बोल्ने बेला आएको बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केलने विज्ञप्ति निकालेर युक्रेनमा रुसको आक्रमणले गम्भीर नैतिक मुद्दा प्रस्तुत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदाय युक्रेनको समर्थनमा बोल्नुपर्ने बताउनुभएको हो । विज्ञप्तिमा यो तटस्थताको दाबीमा जोगिने, आफू अनुकूल बोल्ने वा द्विअर्थी कुरा गर्ने समय नभएको भन्दै रुसी आक्रमणका कारण संयुक्त राष्ट्र सङ्घको बडापत्रका मूलभूत सिद्धान्तहरू खतरामा परेको उल्लेख छ। हिजो बिहान रुसले युक्रेनी राजधानी किभसहितका सहरलाई लक्षित गरी ८३ वटा क्षेप्यास्त्र आक्रमण गरेकोमा ४३ वटालाई बीचमै ध्वस्त बनाइएको र बाँकी विस्फोट भएका युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत समाजवादीले गठबन्धनबाट दुईटा मात्र सीट पाएको छ । यहाँका नौ जिल्लामा गरी प्रदेश सभामा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा ठूला दल हुँदा पनि एकीकृत समाजवादीको गठबन्धनबाट प्रदेश सभामा कैलाली क्षेत्र नम्बर ४ (२) र कैलाली क्षेत्र नम्बर ३ (२) मा मात्रै भाग परेको छ । सत्ता…

Read More

नेपालको मनसुनमा हाल  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ।  आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  आज हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। वर्षाको सम्भावना रहेका क्षेत्रमा कृषि, पर्यटन र पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन…

Read More

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री…

Read More

मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने  जनाएको छ ।   भोलि विहान  १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि भने  सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने…

Read More

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहानैदेखि चुनाव केन्द्रित छलफल सुरू गरेका छन्। आइतबार गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका प्रचण्डले सोमबार बिहान पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू र उम्मेदवारहरूसँग सामुहिक छलफल गरेका हुन्। प्रचण्डले सुरूमा माओवादी गोरखाका नेताहरू तथा स्थानीय चुनावमा माओवादीबाट निर्वाचित प्रमुखहरू सँग छलफल गरेका थिए। त्यसपछि उनले सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्। प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथसाथै राखेर चुनावी छलफल गरिरहेका छन्। प्रतिनिधि सभातर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईं, प्रदेश सभातर्फ उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले यसको बेवास्ता गरेका छन् । प्रतिनिधि सभाको प्रत्यक्ष चुनावका लागि हिजो भएको मनोनयनमा ९ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको छ । एमालेबाट ११, माओवादी केन्द्रबाट ७, कांग्रेसबाट ५ तथा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राप्रपाबाट एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । दलहरुले समानुपातिकबाट मात्रै महिलालाई ठाउँ दिने गरेको भन्दै यसपटक सबै दलका महिला नेतृहरुले प्रत्यक्ष चुनावमै महिलाको प्रतिनिधित्व बढाउन माग गरेका थिए । संसदमा सार्वजनिक महत्त्वकाे प्रस्ताव पनि दर्ता भएको थियो । तर सार्वजनिक बहस र निर्वाचन आयोगको निर्देशनलाई बेवास्ता गरेर दलहरुले प्रत्यक्षमा कम मात्रै महिला…

Read More

काठमाडौं – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ। चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो। सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो। सन्दीपमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छिन्। प्रहरीले सन्दीपलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने…

Read More

काठमाण्डाै – हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिनुभयो । घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।

Read More

काठमाण्डाै –  भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएका छन् । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका बीबीसीले जनाएको छ । भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक हजार जना उद्धारकर्मी खटिएका छन् । राष्ट्रपति निकोलस मडुरोले स्थिति कठिन र पीडादायी भएको बताउनु भएको छ ।

Read More