Author: Dipak Dhamala

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने भएकी छन्। उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन्। उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्। यसअघि उनी नेकपा एमालेबाट समानुपातिक सासंद बनेकी थिइन्। गुल्मीको क्षेत्र नम्बर दुईमा एमालेका गोकर्ण विष्ट सासंद छन्।

Read More

 काठमाडौं- प्रदेश नम्बर एकमा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका छन् । शनिवार इटहरीमा प्रदेश १ मा माछा पालन गर्ने  किसानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी  मुलुकबाट हुने आयातलाई  न्युनिकरण गर्दै लैजाने  एक बर्षपछी बिदेशी माछा आयात सधैंका बिस्तापित गर्ने उद्देश्यका साथ प्रादेशिक मत्स्य पालन किसान संघ गठन  गरेका हुन्  । संघले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष माछा उद्योगको विकास र माछा पालक किसानहरुको हकहितको लागि सामुहिक पहल गर्र्दै मुलुकबाट हुने माछा आयातलाई १ वर्ष भित्रमै पुर्णरुपमा रोक लगाउने माछा पालक किसानलाई वर्षमा ४ पटक व्यवहारिक ज्ञान प्रदान…

Read More

 काठमाडौं-  बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द  नगरपालिका- ६ का ४० वर्षिय धर्मेन्द्र  दमाईको भीरबाट लडेर मृत्यु भएको हो। र शनिबार साढे ८ बजेतिर वडा नम्बर ४ को  गोठलापानी बजारबाट घर जाने  क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएकाे छ।

Read More

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भोलि भदौ ७ गते नेपाल बन्द आह्वान गरेका छन्। नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन विरुद्धमा नेपाल बन्द आह्वान गरिएको जनाएको छ। नेकपा कञ्चनपुरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्वन्द्वमा धकेलिरहेको जनाएको छ। नेकपा कञ्चनपुरका सचिव प्रकाश मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन अपिल गरिएको छ।

Read More

काठमाडौं- मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका ६ जनाको उद्धार गरेको छ । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । कतारत अल–इमाम अली मन्दिर पश्चिमी मरुभूमिमा अवस्थित छ । उक्त मन्दिर पवित्र शहर केरबालाको केन्द्रबाट लगभग २८ किलोमिटर टाढा छ । मन्दिरको छतमा पहिरो ठोकिएको नागरिक रक्षा सेवाले एक विज्ञप्तिमा जनाएको छ ।

Read More

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’ आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए । भेटमा सभामुख सापकोटाले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको…

Read More

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको छ। सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मंगलबार  प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौं- अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बारामा खेलाडी छनोटको काम सुरु भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जिल्लाबाट छनोट भएका खेलाडीहरु विच पहिलो चरणमा भदौ १० देखि १२ गतेसम्म जनकपुरमा आयोजना हुने प्रदेश स्तरिय प्रतियोगिता छनोट हुनुपर्नेछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, भारोतोलन, कुस्ती कवडी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ्ग, खो–खो, शारिरिक सुगठन लगायत १८ प्रकार खेलहरु हुनेछन् । बाराको सिमरा रंगशालामा जिल्ला भरका फुटबल खेलाडीहरु विच प्रतिष्पर्धा भएर आईतवार छनोटको काम सम्पन्न भएको छ भने अन्य खेलहरु कलैया,…

Read More

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गरेको हो। प्राधिकरणले ग्राहकसँग सम्बन्धित तथा घरायसी प्रयोजनका सञ्चार उपकरणहरुको पहिलोपटक जारी गरेको न्यूनतम मापदण्डमा यस्तो व्यवस्था गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन दूरसञ्चार ऐन, २०५३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

Read More

काठमाडौं- ताइपेइ—ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ, । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो ।  ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

Read More