Author: Dipak Dhamala

बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको शव फेला परेको हो । डुङ्गा दुर्घटनामा बेपत्ता भएका ३० जनाको अवस्था अझै थाहा हुन नसकेको बङ्गलादेशको प्रहरीले जनाएको छ । उनीहरुको खोजी चलिरहेको छ । प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सय जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो । क्षमताभन्दा धेरै भार भएका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Read More

काठमाडौं- वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन्।  अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले भने डेङ्गु नियन्त्रणमा हालसम्म कुनै अभियान चलाएका छैनन्। नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सरसफाइ अभियान मात्र स्थानीय तहले चलाउने हो भने पनि डेङ्गु नियन्त्रणमा धेरै मात्रामा कमी हुने तर त्यस्तो अभियान स्थानीय तहले चलाउन नसकेको बताए। उनले भने, “डेङ्गु नियन्त्रण गर्न व्यापक रूपमा अभियान सञ्चालन गर्ने कुरामा स्थानीय सरकार…

Read More

काठमाडौं- हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक(दुई चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मध्यम वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक…

Read More

काठमाण्डाै – महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुुवाई रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

Read More

काठमाण्डाै – सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।  सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

Read More

क्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन् । आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे किभले कुनै प्रतिकृया दिएको छैन् । सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

Read More

काठमाण्डाै – आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । काठमाण्डौसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक…

Read More

काठमाण्डौ – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको छ । कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ । तोकिएको मिति र समयमा गाडी नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीले गाडी चालकसँग अनुरोध गरेको छ । न्युराेड क्षेत्रमा दशैँ किनमेल गर्नेहरुको घुइँचो हुने भएकाले ट्राफिक प्रहरीले गाडी प्रवेशमा निषेध गरेको हो ।

Read More

काठमाण्डाै – अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णायक जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भने । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो । बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक परिचालनको घोषणा गरेका थिए ।   जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ । पुटिनको घोषणाको विरोधमा…

Read More

काठमाण्डाै – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू भएको छ । चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै छन् । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । आउँदो १४ गतेसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ। छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम सम्पन्न गर्ने तयारी छ । त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्। उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर ८…

Read More