Author: Dipak Dhamala

काठमाडौं-  डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ ।  हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेको थियो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Read More

काठमाडौं-  काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ । आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ । दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताए । यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।

Read More

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।  उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा डिजेल भित्रिएको छ । सो अवधिमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ ।  डिजेलपछि ठूलो मूल्यमा नेपालले पेट्रोल आयात गरेको छ । साउनमा नेपालले ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल…

Read More

काठमाडौं- पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्‍ट्रियमा खेल खेल्दै छ ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ  । भिषा समयमै नआउँदा सोमपाल कामी, आदिल अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए  । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् । मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन…

Read More

काठमाडौं- डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाएकी छिन्।  जिल्लाको आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको ज्यान गएको हो।  बुधवार साँझ उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिएका छन्। अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन्।  मृत बच्चा जन्माएकी उनको उच्च रक्तश्रावका कारण मृत्यु भएको डाक्टर शाहले बताए। उपचारमा संलग्न डाक्टरका अनुसार उनको पेटमा भएको बच्चा दुई तिन दिन अगाडी नै मरिसकेको थियो। २०७० सालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेकी उनी गिरिचौका स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन्।

Read More

काठमाडौं- बझाङको सेती नदीमा बेवारिस शव फेला परेको छ। जिल्लाको केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।  बुधवार साँझ स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। थप अनुसन्धानको लागि शवलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।

Read More

काठमाडौं- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। जिल्लाको बेलौरी नगरपालिका–९ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय भिकारी रानाको मृत्यु भएको प्रहरीले जानएको छ।  मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौं- भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गरेका थिए । मन्त्रालय स्रोतका अनुसार मन्त्री खड्काले बुधबार राजदूत श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर भर्ती रोक्न भनेका थिए । अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक भएको…

Read More

काठमाडौं- थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो । विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि  प्रधानमन्त्री भएका थिए । उनले निरंकुशता लादेको विपक्षीले आरोप लगाएका छन् ।   विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र  सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना…

Read More

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १९६ जना सवारी चालकलाई कारवाही गरेको छ ।   ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरू रहेका छन् ।  लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको छ । 

Read More