Author: Dipak Dhamala

काठमाण्डाै – रुसमा गाभिने वा युक्रेनमै रहने भनेर रुसले युक्रेनका चार वटा भू–भागमा गरेको जनमत सङ्ग्रह सकिएको छ । युक्रेनको दक्षिण पूर्वी क्षेत्रहरू लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा शुक्रवारदेखि सुरु भएको मतदान हिजो सकिएको हो । युक्रेनसहित अमेरिका, युरोपेली युनियनलगायतले यो जनमत सङ्ग्रहलाई अवैधानिक भन्दै आएका छन् । तर, रुसले प्राप्त मतदानका आधारमा अगाडि बढ्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि सन् २०१४ मार्चमा पनि रुसले युक्रेनी क्षेत्र क्रिमियालाई यही प्रक्रियाबाट आफ्नो पक्षमा पारेको थियो । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेनसँग युद्ध चलिरहेका बेला युक्रेनी भू–भागमा जनमत सङ्ग्रह हुनुअघि अघिल्लो हप्ता रुसी…

Read More

काठमाण्डाै – यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा पुगेको छ । गएराति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० गोलले हरायो । स्पेनका लागि खेलको अन्तिम समय ८८औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । ९०औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गर्ने अवसर पाए पनि गोलरक्षकले जोगाए । जितसँगै स्पेन नेसन्स लिग ‘ए’ समूह २ मा ६ खेलबाट ११ अङ्क जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अङ्ककासाथ दोस्रो स्थानमा, स्विट्जरल्यान्ड ९ अङ्कसहित तेस्रो र चेक रिपब्लिक ४ अङ्ककासाथ चौथो स्थानमा रह्यो । यो समूहको अर्को खेलमा स्विट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । स्विट्जरल्यान्डका रेमो फ्रुउलेर र…

Read More

काठमाडौं- सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ । 

Read More

काठमाडौं-आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने कार्यदलका सदस्य रकम चेम्जोङले रातोपाटीलाई बताए । उनका अनुसार मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । सातै प्रदेशमा सबै दलले आफ्नो दाबी पनि राखेको चेम्जोङको भनाइ छ । 

Read More

काठमाडौं- नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ । असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ । चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू…

Read More

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ ।  मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  जानकारी दिए ।निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत आइतबार आयोग​ले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।  कुन क्षेत्रका कस–कसलाई लाग्छ आचारसंहिताराजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि…

Read More

काठमाडौं- हाल देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा राती पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मध्यम वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन…

Read More

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेतासँग ओलीले आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् । एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १२५ रुपैयाँ ३८ पैसा र बिक्री दर १२५ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र…

Read More

काठमाण्डाै – आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो । पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा आज सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो । आज बिहान पर्यटकहरूलाई स्वागत गरेर शुरू हुने सांस्कृतिक मेलामा ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण, सम्पदा पदयात्रालगायतको पनि कार्यक्रम रहेको मेलाका संयोजक एवमं वडा नम्बर–१९ का अध्यक्ष राजेन्द्र महर्जनले बताउनुभयो । सांस्कृतिक मेलामा पाँच सय जना भन्दा धेरै कलाकारहरुले परम्परागत संगित…

Read More